प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाबाट पाँच अध्यादेश स्वीकृत भएको छ।सरकारले माघ १८ गते संसद्‌मा पेस गरेको ६ मध्ये पाँचवटा अध्यादेश बुधबारको प्रतिनिधिसभा बैठकबाट स्वीकृत भएको हो।

भूमि सम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ। जसमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश छन् ।

त्यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश छन् ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा सत्तारूढ दलहरू बिच नै कुरा नमिलेपछि सरकारले सूची मै राखेको थिएन। संसद्मा पेस भएको ३३ दिनपछि अध्यादेश स्वीकृत भएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...