नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत

काठमाडौ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान विजुच्छे ‘रोहित’ चुनिएका छन् ।
भक्तपुरमा आज (मंगलबार) बेलुकी सम्पन्न ८ औं महाधिवेशनबाट बिजुक्छे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । नेमकिपाको महाधिवेशन आइतबारदेखि भक्तपुरमा जारी थियो।
यसैगरी पार्टीको सचिवमा प्रेम सुवाल चयन भएका छन् । उनी भक्तपुर-१ बाट निर्वाचित संघीय सांसद हुन् । महाधिवेशनले बिजुक्छे,सुवाल र भक्तपुरका मेयर सुनिल प्रजापति सहित २९ सदस्यीय कार्यसमिति चयन गरेको छ।
सर्वहारा कम्युनिस्ट पार्टीको सिद्धान्तमा आफू मात्रै असली कम्युनिस्ट भएको दाबी गर्ने बिजुक्छे ८४ वर्षका भएका छन् । पार्टी स्थापना भएको २०३१ सालदेखी उनी नै निरन्तर अध्यक्ष छन् । कुनैबेला कर्णालीमा समेत सांसद जित्ने उनको पार्टी अहिले भक्तपुमा मात्रै सिमित छ।

