कुटाइ खाने विद्यार्थीलाई नै थुनियो !

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका दुई पक्षबीच भएको कुटपिटको विवाद उत्कर्षमा पुगेसँगै माउ पार्टीमा समेत त्यसको बाछिटा पुगेको छ ।

गत बिहीबार क्याम्पसमा संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर(डा.शेखर कोइराला) पक्षका विद्यार्थी आपसमै मारपिटमा उत्रिएका थिए । त्यसले उग्ररुप लिएपछि अहिले पार्टी नेताहरू नै आरोपप्रत्यारोपमा छन् । शेखर पक्षले सत्ताको उन्मादामा रहेका विद्यार्थीले आफ्नै साथीहरू कुटेको आरोप लगाएको छ। सत्ता गठबन्धनमा एमालेसँग देउवा पक्ष बढी खुशी भएपनी शेखर पक्ष उत्साही छैन।

कुटाइ खाएको शेखर पक्षीय विद्यार्थीको उजुरी लिएर पुगेको समूहमध्ये तीन विद्यार्थीलाई नै प्रहरीले शुक्रबार थुनेको छ । जब कि कुटाइ नै यहि समुहले खाएको हो। क्याम्पस हाताभित्र बिहीबार संस्थापन पक्षले कोइराला पक्षका नेविसंघ जिल्ला सभापति सरोज पोखरेलसहित तीनजनालाई कुटपिट गरेको थियो । घाइते पोखरेल नोबेल मेडिकल कलेजमा उपचाररत छन् ।

कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै जाहेरी लिएर पुगेका नेविसंघ जिल्ला सचिव गुड्डु साह, संजोग गौतम र सविन‌ दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जाहेरी समेत नलिएपछि साहले कार्यालयभित्रै प्रदर्शन गर्न खोजेका थिए। त्यसपछि पुगेका दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले प्रहरी कार्यालयभित्र उच्छृङ्खल गतिविधि गर्न खोजेपछि नियन्त्रणमा लिइएको दाबी गरेका छन् । यद्यपि शेखर पक्षले यो कुरा मानेको छैन।

विद्यार्थी पक्राउ परेपछि नेविसंघको कोइराला पक्षका विद्यार्थीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । बिहीबार महेन्द्र मोरङ क्याम्पसको हाताभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहितको समूहले नेविसंघ मोरङका सभापति सरोज पोखरेल, सचिव गुड्डु साह र केन्द्रीय सदस्य पूजा विश्वासमाथि कुटपिट गरेको थियो ।

जानकारी नगराई र‌ हस्तक्षेप गर्ने उदेश्यले क्याम्पसमा नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद भएको पौडेलले बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...