सिन्धुपाल्चोक केन्द्रविन्दु भएर मध्यरातमा ६.१ म्याग्निच्युटको भुकम्प

काठमाडौं । शुक्रबार राति दुई बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ठूलो भुकम्प गएको छ। भुकम्पको धक्काले संघीय राजधानी काठमाडौँमा समेत धक्का दिएको थियो।
भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएर बाहिर समेत निस्किएका थिए। रातिको मस्त निन्द्रामा रहेका मानिस भूकम्पको धक्काले ब्युझिएका थिए। भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् । उनको हाल जिल्ला अस्पतालमा उपचार हुँदैछ। उनको हात भाचिएको छ।
सिन्धुपाल्चोक केन्द्र विन्दु भएर ६.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको भएपनी अहिलेसम्म भौतिक वा मानवीय क्षतिको विवरण आइसकेको छैन। भोटेकोशीमा पहिरो गएको र केही घर चर्किएको भनिएको छ। यद्यपि विवरण प्राप्त नभएको प्रमुख जिल्ला अधिकारीको भनाइ छ।
प्रमुख जिल्ला अधिकारीले विपदपछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने बताएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।

