त्रिविकाे वरियता अनि हाम्रा प्राध्यापक संघहरू
मनोज कुमार कर्णत्रिभुवन विश्वविद्यालय (त्रिवि) काे वरियता विश्वमा सबभन्दा पत्यारिलाे लण्डनस्थित टाइम्स हायर एड्युकेशन सन् २०२४ काे सेप्टेम्बर/अक्टूबरतिर सन् २०२५ काे लाागि गरिएकाे अध्ययनमा छैन । यसको अर्थ भयाे कि त्रिवि अब टाईम्स हायर एड्युकेशन अनुसार एकदेखि १५०० भित्रमा नपरेर १५०० पछि वा भनाैं तल्लाे खुड्किलामा झरेर अब लिस्टिङमात्र भयाे ।
वरियताक्रम टप १०; टप १००; टप ५००; टप १२००; १२०० देखि १५०० भित्रसम्म हुन्छन् । यसपछिकाे नम्बरमा पर्नेलाई लिस्टिङ भएकाे भनिन्छ जसकाे अर्थ हुन्छ कि त्रिवि नामक एउटा विश्वविद्यालय संसारमा कतै छ जहाँकाे सर्टिफिकेटकाे भ्यालु टप १० वा, टप १०० वा ५०० भित्र परेका युनिभर्सिटिकाे अगाडि छैन, मिहिनेत गर्नुपर्छ ।
टाइम्स हायर एड्युकेशनमा १५०० भन्दा पर हुत्तिएर लिस्टिङमात्र भएकाे जुनसुकै युनिभर्सिटीका विद्यार्थीलाई टप १०; १०० मा परेका युनिभर्सिटीमा पढ्न जाँदा फेरि मास्टर्स पढ अनि बल्ल एमफिल/पीएचडी गर भन्छ भने स्कलरशिपकाे त झन् के कुरा ।
त्यस्तै, विश्वका युनिभर्सिटीहरूकाे रैंकिङ गर्ने अर्काे संस्था सीडब्ल्यूयुआर (CWUR) मा भने सन् २०२४ मै आगामी सन् २०२५ काे लाागि गरिएकाे अध्ययनमा विश्वका कुल २०,९६६ युनिभर्सिटीमध्ये त्रिवि १७३२औं स्थानमा छ; पर्सेन्टाइल टप ८.३; एशियामा ६४४औं; अनुसन्धानमा १६५६औं र ओभरअल स्काेर ६७.१, र नेपालमा १ नम्बरमा छ । यस संस्थाकाे अध्ययनमा पनि त्रिवि १५०० पछि (१७३२औं) मा छ !
याे लेख नेपालकाे उच्च शिक्षाकाे धराेहर रहेकाे देशकै जेठाे विश्वविद्यालय त्रिविकाे यस्ताे अद्याेगतिमा प्राध्यापक संघकाे राजनीति, त्यस्तै कर्मचारी-विद्यार्थीकाे अधिकांश गैह्रप्राज्ञिक राजनीति कति जिम्मेवार छ र त्रिवि पदाधिकारी स्वयंहरू कति जागरुक छन्, यी आदिबारे छाेटाे चर्चा गर्दै सकारात्मक बाटाे पहिल्याउनु हाे ।
प्राध्यापक संघहरू
त्रिविकाे कुरा गर्दा कम्तिमा दुईटा प्राध्यापक संघहरू त्रिवि प्राध्यापक संघ (टुटा) र नेपालका सबै युनिभर्सिटीका छाता संगठन नेपाल प्राध्यापक संघ (नुटा) काे चर्चा आउँछ । नुटा र टुटा तथा संस्कृत विश्वविद्यालय आदिका प्राध्यापककाे नेपालमा लाेकतन्त्रलाई जीवन्त राख्न र प्राज्ञिकता तिखार्नलाई दलविहीन पञ्चायती शासक र उनिहरूका पृष्ठपाेषकसँग पटक-पटक आन्दाेलन गर्नुपरेर कतिजनाले जागिर र आत्मसम्मान गुमाउनुपरेकाे छ भने कतिजनाले (जस्तै नेपालगञ्जका प्राध्यापक हरिराज अधिकारीले २०६२ साल चैत्र २६ गते ज्यान नै गुमाउनुपर्याे) उच्च शहादत नै दिनुपरेकाे हाे ।
हाम्रा गाैरवशाली नुटा र टुटाका अग्रजहरूले कुनै बेला शिक्षामन्त्री (जस्तै देवी ओझा) कहाँ जाँदा उठेर मन्त्रीले द्वारसम्म प्राध्यापकलाई लिन आउँथे भने प्राध्यापककाे जायज तलब बढाउने, अनुसन्धानमा राज्यकाे लगानी वृद्धि गर्ने जस्ता कुरा नुटाकाे लागि आवाज उठाउनु अति सामान्य थियाे । जस्तै तात्कालीन् नुटा महासचिव खगेन्द्रप्रसाद भट्टराईले साे बेला प्रम मरीचमानसिंह श्रेष्ठलाई कि प्राध्यापककाे तलब बढाईदिनुस् कि प्राध्यापकहरूले विहे नगर्नु, किन दु:ख झेल्नु कम आम्दानीमा आफ्नाे कुरा राखेर पछि कुलपति गिरिजाप्रसाद काेईराला सामु राष्ट्रिय सभागृहमा पनि साे प्रसंग काेट्याउनु भएकाे थियाे ।
साे बेला प्राध्यापकहरू एक ढिक्का, प्राज्ञिकतामा जाेड दिने, विश्वविद्यालयकाे स्वायत्तता र स्वतन्त्रतामा अडिग रह्ने हुन्थे । यस कारणले गर्दा त्रिविभित्र पञ्चायत टिकाउनलाई पढ्ने असली विद्यार्थी र युनिभर्सिटीकाे वैश्विक मान्यतामा आधारीत त्रिविका प्राध्यापकहरूमाथि हातपात गर्दा हाम्रा प्राध्यापकहरू वासुदेवचन्द्र मल्ल, सूर्यलाल अमात्य तथा केदारभक्त माथेमा आदिहरू कसैले जागिर गुमाए भने कतिले जागिरमा घटुवा सह्नुपर्याे ।
आजका हाम्रा नुटा, टुटा र प्राध्यापक वैचारीक संघ, संगठनहरूकाे हैसियत कस्ताे झर्याे भने शिक्षामन्त्री वा कुलपति प्रधानमन्त्रीले जायज काममा पनि भेट्न सजिलै समय दिंदैनन्, जबसम्म दबाव महशूस र परिस्थिति बिग्रने आभास हुँदैन । टुटाकाे अधिवेशनपछि कुलपतिले सम्मानमा दिने भाेज अब कपी ओलीज्यूबाट नै बन्द भईसकेकाे हाे भने त्रिविकाे जायज बजेटपनि सजिलै स्वीकृत गरिंदैन । शिक्षामन्त्रीहरू रास्वपाबाट मान्य सुमना श्रेष्ठले त्रिविभित्र सशस्त्रकाे ट्रक लिएर त्रिविकाे स्वायत्तता र स्वतन्त्रतामनथि कुल्चँदै भयत्रासकाे वातावरणमा समाजशास्त्र विषयकाे प्राध्यापक पदकाे अन्तर्वार्ता लिनुभयाे र “विजेता” काे मूडमा भीसि, रेक्टर र रजिष्ट्रारलाई राखेर फाेटाे खिचाउनुभयाे ।
तर यसकाे सँगै सारा प्राध्यापककाे हार स्वायत्तता र स्वतन्त्रता मासियाे भनेर अनुहार मलिन हुँदा उनलाई फरक नै परेन । त्यस्तै, हाल पनि एमालेबाट मान्य विद्या भट्टराईले पनि त्रिविकाे केसमा नै बजेट, नीति तथा कार्यक्रम पारित गराउन सहजीकरणकाे भूमीका खेल्नु्पर्नेमा उल्टै दलगत बर्चस्व देखाउनमा कुलपतिज्यूकाे निर्देशनमा केवल सहयाेगि बनेकाे सर्वत्र महशुस हुन्छ ! याे परिस्थिति कस्ले निम्त्यायाे ? काे कति जिम्मेवार छ ? एकैचाेटी आयाे कि लामाे समयकाे हाम्रा बेवास्ताले गर्दा ?
वास्तवमा आज टुटाकाे अवस्था नाजुकले नुटापनि महाधिवेशन नगराएर अड्केकाे अवस्थामा छ किनकि विधानत: सबै युनिभर्सिटीकाे अधिवेशन सकेरमात्र नुटाले महाधिवेशन गराउने हाे र टुटाकै मात्र नुटामा ७०-७५ प्रतिशत प्राध्यापकीय अंश छ । तर टुटाकाे अधिवेशन अड्काउनेमा धेरै त्रिचन्द्र क्याम्पसका मान्छेकाे हाथ छन् किनकि विवादरहीत प्रतिनिधि पठाउकाे पत्र दुई चाेटी लगेर केन्द्रीय क्याम्पसमा दर्ता नगराउने काेषाध्यक्ष ऊत्तरा खनाल र कावा महासचिव अजय पाैडेलकाे दाेहरिने स्वार्थमा हाे, अजयले पत्र लगेर दर्ता नगराउँदा र अजय त्रिचन्द्रका हुन् । उत्ता निर्वाचन समितिका संयाेजक प्राडा ध्रुव भट्टराईले त्रिचन्द्रमा विवादरहीत प्रतिनिधि चयनकाे पत्र लग्दा उनिमाथि झम्टने नुटाका अध्यक्ष रमेश जाेशी र एकजना अर्काे “हेभिवेट” छन्, यिनी झम्टने दुवैजना त्रिचन्द्रकै हुन् भने प्राध्यापन छाेडेर जहिलेपनि आन्दाेलनकाे नाममा खेतिपाती गर्ने र प्राध्यापकले रकमी काम गर्न नहुने गरिदिएर “म सक्रिय हुँ अनि सभापति बन्न चाहन्छु” काे सन्देश दिने नन्दकिशाेर सिंहपनि त्रिचन्द्रकै परे ! यिनिहरूका पदमा पुन: दाेहरिने वा गुटबन्दी गर्ने प्रप्रासंघका अध्यक्ष जगत तिमल्सिना हुन् ।
अरू प्राध्यापकहरू चाेखिएका हुन् भन्ने हाेइन । थपमा कम्युनिस्ट प्राध्यापकहरूले पनि २०८० काे मंसिरदेखि २०८१ काे आषाढसम्म हेर्दा उनिहरूले केन्द्रीय सरकारमा सत्तारूढ बनेर काँग्रेसलाई “तिम्रा प्राध्यापकीय भाेटले हाम्रा मान्छेलाई नुटा, टुटामा पदाधिकारी बन्न देऊ” अदृष्य र अनैतिक दबावपनि हाे, यी अधिवेशनहरू भाँड्ने कारणमा । दलगत गाेटीकाे दबाव थेग्न नसक्ने त्रिवि पदाधिकारीले पनि अदृष्य दबाव प्रप्रासंघमाथि, सावधिक पदका नियुक्तिहरूमा, स्मृतिभवन र टुटा अफिसलाई दलीय कृयाकलापमा स्थल बनाउनेमा देखिएकै हाे । उत्ता विद्यार्थीहरू पनि दलगत राजनीतिबाट माथि उठ्नसकेका छैनन् । अब पञ्चायत गयाे, दललाई राजनैतिक गतिविधिमा संविधान र देशकाे परिधिभित्र रहेर गर्न अप्ठ्याराे छैन भने विद्यार्थी नामकाे “राजनैतिक नर्सरी बेर्ना” काे रूपमा दलहरूले अब किन निरन्तरता दिईरहेका ? याे नैतिक प्रश्न उठेकाे छ । भारतमा दिल्लीकाे विधानसभामा बीजेपीकाे जीतपछि प्रम नरेन्द्र माेदीले एक लाख युवालाई स्वच्छ राजनीतिमा उत्रन आह्वान गर्नुभयाे, ईच्छुकले जालान् भने बाँकीले लेखपढ गर्ने, अन्य पेशा-राेजगार अपनाउने भए । नेपालका नेतालाई देशका सेना, पुलिसभन्दा विद्यार्थीले माेटरसाइकल, जीपबाट फिल्मकाे गुण्डा, मवाली शैलीमा ईस्काेर्ट किन गर्ने चाहियाे ? कस्ताे झूटा शान देखाउनलाई, जबकी देश भ्रष्टाचारकाे जालाे एफ्एटिएफ्मा ग्रे-लिस्टमा गइसक्याे ?
आज नुटामा पस्नुस्, कर्मचारी फेला पर्याे र चिया दिइहाल्याे भने तपाईंले आज राम्राे साइतमा गएकाे बुझ्नुपर्छ नत्र कसलाई भेट्ने हाे पहिला फाेन गर्नुस् अनि बल्ल नुटामा जानेभए त्याे पदाधिकारीले जानकारी गराउँदा लाजले मात्र कर्मचारी त्यहाँ बस्ने हुन्छन् र आदर गर्छन् ! टुटामा पस्नुस् तपाईं त्रिविकाे कर्मचारी एकजना तल हाजिरी हुन्छ तर ठाउँमा देख्नुहुन्न, टुटाले राखेकाे भनिएकाे कर्मचारीले सजिलै “बच्चा बिरामी छ, आउनुभा’छ, तल जानुभएछ वा, साेध्दा चुप्की साँध्ने” भई ढाँट्छे । त्यहाँ प्राध्यापककाे साेफामा पदाधिकारी नभई अन्य अफिसका कर्मचारी, कार्यालय सहयाेगी, श्रेणीविहीन अन्यहरू गफ्फिईरहेका हुन्छन्, कहिले समूहमा भने कहिले सानाे समूहमा । आम प्राध्यापक आफ्नै अफिस टुटामा केही जानकारी लिन वा कामपर्दा गाह्राे छ । ल्यान्डलाईन फाेन ती दुवै कर्मचारीले कि उठाउँदैनन्, वा त्रिविकी अनुपस्थित हुँदा अन्यले उठाउँदिनन् तर अन्य टुटाले राखेकाे भनिएकीले चाहिँ दिनभर ल्यान्डलाईन फाेनबाट फाेन गरिरहेकी वा आफन्तकाे रिसिभ गरेरहेकी हुन्छिन् । पढ्न, लेख्न, प्राध्यापक समूहमा गएर बस्न जान टुटामा गाह्राे कर्मचारीहरूलाई उचालेर परिस्थिति बिगार्ने उनै उत्तरा खनाल, अजय पाैडेलहरू हुन् जाे २०७५ सालमा ३ वर्षकाे लागि अधिवेशनबाट चुनिएर जाँदा अब पद नदाेहाेरिउञ्जेल अधिवेशन भित्रभित्रै भाँड्ने तर गैह्रकानूरूपमा टुटाकाे आर्थिक काराेबार गर्ने, बिल पेश गर्ने, जायज मिटिङ्ग नहुँदापनि अफिसकाे पैसाले ट्याक्सि चढ्ने, खाने आदि गर्छन् । कावा महासचिव यस्ता “उच्च नैतिकवान” परे जाे टुटामा जानू अघि २ महिना गाँजा खाएकाे केसमा पुलिसमा बसेर गएका हुन् !
यस्ताकाे सिफारिशकर्ता प्राध्यापक र नेतापनि अन्य ग्रहकै अलाैकिक प्राणि हुनुपर्छ । हाे, यस्ताले टुटाकाे किचेन वा कम्प्युटर काेठामा जुनियर स्टाफलाई लखेटेर चुराेटमा गाँजा भरेर खाएर गाँजा झरेकाे याे स्तम्भकारले पटकपटक देखेकै हाे ट्वाईलेट हुँदाहुँदैपनि टुटासँगैकाे झारीमा २-३ जना हामी प्राध्यापक अफिसमा बसिरहँदा उ लुक्दै कुरा गरिरहेकाे शंकास्पद गतिविधि गाँजा भरेकाे समूहमै देखेकै हाैं । शंकरदेव क्याम्पसमा टुटा सचिव भइसकेपछि पनि रक्सी, गाँजा खाएर पस्दा गार्डले लखेटेकाे जगजाहेर छ !
यस्ताे अवस्था कसरी आयाे ?
समयमा अधिवेशन नहुनु त प्रमुख कारण हुँदै हाे । साथै टुटा सभापति बेफुर्सदिला मान्छे पर्नुभयाे, जाे नियमित टुटा अफिस जानसक्नु हुन्न तर परीक्षाकाे स्क्रुटिनिमा एकाविहानीदेखि खाना, नास्ता सबै खाएर बेलुकासम्म बस्ने हुनुहुन्छ। दिनहुँ एक-एकजना टुटा अफिस जाउ भनेर आफ्ना टीमका मान्छेलाई हाँक्न नसक्ने मात्र हाेइन कि टुटाकाे बिथितिबारे नै अवगत छैनान्, जसले सुनायाे उनलाई काल्पणिक कथा झैं लाग्ने । आफ्ना कर्मचारी वा पदाधिकारीकाे कमजाेरी परिस्थिति बिग्रनु अघि पटकपटक अवगत गराईंदा माैखिक निर्देशन, कडा पारी सच्चयाउने टुटा सभापतिमा नभई उल्टै डरपाेक भई शिकायतकर्तालाई नै मुखमा बुझाे लगाउने बानी छ ।
समस्या आयाे भने समाधान गर्ने कि तर्कने अनि भाग्ने ? जुझारूपन अनि समस्या समाधान गर्ने हिम्मत र आँट नहुनेले बायाेडेटा भर्नलाई रहरमा किन प्राध्यापककाे नेता बन्न आउने ? रहरले केवल प्राध्यापक र डाक्टर हुँदैमा बिना कुनै प्राज्ञिक अजेण्डा र लक्ष्यलिएर पदमा पुग्दा हुने यहि नै हाे । पदमा पुगिसकेपछि समयमा उत्तराधिकारी छानेर अधिवेशनमार्फत् हस्तान्तरण गर्न नसक्नु निकम्मापन र स्वार्थकाे अर्काे प्रमाण भयाे । टुटा र नुटा दुईटैमा निकम्मा र स्वार्थीहरू छन्, जाे नेपालका उच्च शिक्षा तथा प्राज्ञिकताका दुश्मनहरू छन् भन्दा फरक पर्दैन ।
उपाय के अब ?
नेभिगेटिंग हायर एड्युकेशन ईन नेपाल पुस्तकमा त्रिविका पूर्व भीसि प्राडा तीर्थराज खनियाँले नेपालकाे उच्च शिक्षा र खासगरी त्रिविमा राजनैतिक दलहरूकाे दलगत राजनीति विद्यार्थी, कर्मचारी र प्राध्यापकद्वारा गरिनुलाई “क्राेनिक डिजिज्” अर्थात्, निकाे नहुने, काटेरै फाल्नुपर्ने अंगकाे रूपमा उल्लेख गरेका छन् । उनले वैचारीक संघ, संगठनलाई युनिभर्सिटीको गतिविधिमा खेल्नुपर्ने भूमीकामा देखापर्नुकाे साटाे भागबण्डा लिएर कमाउनमा कतिजनालाई निर्लिप्त देखेर खिन्नता प्रकट गरेका छन् । तर हिजाेका नुटा र टुका गर्विलाे ईतिहासकाे उल्लेख खनियाँले आफ्नाे पुस्तकमा गरिरहँदा अन्य हामी पाठकलाई साेच्न बाध्य बनाउँछ कि मन्त्री, प्रधानमन्त्रीले प्राध्यापककाे कुरा घण्टाैं नबाेलिकन सुन्दा र जायज कुरा पास गर्दा आज नीति तथा कार्यक्रम राेक्ने, कुलपतिले त्रिविलाई नियुक्ति गर्न ७ दिनकाे निर्देशन दिएर आफ्ना “याेग्य”लाई पनि छिराउ, मन्त्रीले स्वायत्ततामा धाबा बाेलेर प्रहरीलिएर त्रिविमा बिना पर्मिशन पञ्चायतजस्ताे त्रासमय वातावरण बनाउने परिस्थिति नुटा र टुटा आजपनि हुँदाहुँदै कसरी आयाे ? हामी कस्तालाई नेतृत्वमा पठायाैं, जुझारूपन, अजेण्डा र नैतिकता रहर गर्नेसँग छ कि छैन हेरेर वा, आफन्त, बन्द काेठामा खानपीन, राम्राभन्दा हाम्रा अनि अन्य लगाव हेरेर ?
भद्रगाेल अवस्थाकाे उपाय त तत्काल टुटा, नुटाकाे अधिवेशन नै हुन्, अधिवेशन भाँड्ने केन्द्रीय क्याम्पस वा त्रिचन्द्र वा सानाेठिमी एकाई जाे भएपनि २०६७ मा केन्द्रीय क्याम्पस एकाईलाई बाईकाट् गरे जस्ताे अघि बढ्नुपर्छ । तर अफिसकाे लथालिंगकाे अवस्था, आर्थिक अनियमितता राेक्ने त टुटा-नुटा र त्रिवि पदाधिकारीहरू र हामी सबैकाे हाे । टुटा, नुटाका अहंकारी पदाधिकारी अधिकांशले के बुझ्नुपर्छ भने नमरूञ्जेलका लागि याे पद नभई सावधिक ३ वर्षका लागि मात्र हाे । यी संस्थाहरूमा त्रिविकाे सहयाेग, प्राध्यापककाे आर्थिक सहयाेग र भाेटले पदाधिकारी चुनिएर जाने हुँदा केेवल पदाधिकारी जति टीमकाे र अधिवेशन नगराईञ्जेल “रजिष्ट्रेशन पास” भएकाे आफ्नाेमात्र बुझ्नु भएन ।
यदि त्यहाँ कार्यरत्त कर्मचारीले सबै प्राध्यापकलाई, कथित् पदाधिकारी अनैतिक भई हालसम्म बसेकालाई, जत्तिकै बराबर र जायज सम्मान दिन सकेनन् भने टुटा, नुटामा काम गर्ने बुद्धि नभएकाे अयाेग्य भनि तत्काल हटाईनुपर्ने बुझिन्छ । पदाधिकारीले न अवस्था सामान्यपार्ने र नै कर्मचारी हटाउन तयार हुने भनेकाे गलत अर्थ लाग्छ कि किन छुट् दिएकाे ? कर्मचारी भनेकाे अफिसकाेलागि सार्वजनीक हुन्छ कि केवल टुटा, नुटाका दुई-चारजनाकालागि हुन्छ उत्तरदायी ? आज टुटा, नुटामा कर्मचारीलाई तिम्राे याे-याे कुरा, व्यवहार मिलेन भन्ने न पदाधिकारीले गर्छन् र न उनीहरूले आम प्राध्यापककाे कुरा सुन्छन् । उल्टै कच्कच् गरेकाे कुरा लाउँछन् ? प्राध्यापककाे टुटा, नुटा प्राध्यापककाे लागि कि कस्काे लागि ?
तलब अफिसबाट सार्वजनिक दिने तर कर्मचारीकाे व्यवहार जसले चेकमा साईन गरे, उनीहरूप्रतिमात्र तर बाँकी प्राध्यापकलाई नटेर्ने भन्ने हुन्छ ? कि खटाउने जतिले आवश्यक निर्देशन दिनुपर्याे, सम्झाउनुपर्याे नभए सार्वजनीक अफिसबाट दया लाग्छ भने आफ्नाे घरमा अफिसमा (सकारात्मकढंगले) काममा लगाएर नीजि तलब दिने अनि आम प्राध्यापकले किन बाेल्ने ? कम्तिमा अधिवेशन नहुञ्जेल टुटा, नुटा सभापतिले नियमित अफिस जानैपर्छ, अवस्था अवगत हुनुपर्छ नत्र आर्थिक अपचलन मात्र गर्ने दिन जानेविरूद्ध कानूनी उपचारबारे आम प्राध्यापकले अब किन नसाेच्ने ? कथित् आफ्नैपनि अनैतिक भए किन साथ दिने ? यथार्थमा भन्नुपर्दा माथि वर्णनित चरीत्रका प्राध्यापकले गर्दा टुटा, नुटा ध्वस्त हुनगई त्रिविकाे स्त्तर के उकासिनु झन् बन्द हुने अवस्था आउनसक्छ ।
तसर्थ, त्रिवि पदाधिकारीहरूले पनि वर्तमान टुटा, नुटाका टीमकाे धम्की, घुर्कीमा नपरी यिनिहरूकाे कथित् हालकाे आन्दाेलनकाे भ्यालु दिनु हुँदैन । पहिला अधिवेशनहरू गराऊ भन्नुपर्छ ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)