दुर्घटनामा २ जना घाइते
काठमाडौं । सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बाएसी १९७९ नम्बरको कार र बर्दिबासबाट काठमाडौं आउँदै गरेको ना ३० प ८३२६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
शुक्रबार बिहान १० बजे बिपी राजमार्गको गोलन्जोर गाउँपालिका-७ मा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-५ बस्ने ३० वर्षीय सूर्यप्रसाद आचार्य र उनको पछाडि बस्ने बारा जितपुर-सिमरा उपमहानगरपालिका-४ बस्ने ३१ वर्षीय लोकनाथ वाग्ले घाइते भएका हुन्।
उनिहरु दुबैको हाल ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ। आचार्यको अवस्था गम्भीर छ भने वाग्ले मध्यम घाइते भएको बुझिएको छ। यसअघि दुवै जनालाई शुभ-जीवन अस्पताल खुर्कोटमा उपचार गरिएको र पछि काठमाडौ पठाइएको हो।

