एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीति बारे बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने प्रयास गरिरहेको बताएका छन् । अध्यक्ष नेपालले सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप समेत लगाए ।

उनले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच भन्दा भिन्न छैन । स-साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रण गरेर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’

संविधान मिच्ने बानी परिसकेका व्यक्तिहरू कानून मिच्न पनि त्यति नै अग्रसर भएका छन् भन्दै उनले ओलीको बिगत पनि राम्रो नरहेको आरोप समेत लगाए। उनले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर संसदनको नियमदेखि विधिलाई नमान्ने, कसैले आलोचना गर्छ भने तीनिहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेको समेत बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय