विप्लव-माओवादी एकता छिट्टै !

काठमाडौं ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र र नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बीच छिट्टै पार्टी एकता हुने भएको छ।
माओवादी केन्द्रले विप्लवसँग तत्काल एकता संभव रहेपनी डा.बाबुराम भट्टराई नेतृत्वको नेसपा(नयाँ शक्ति) र मोहन बैद्द ‘किरण’सँग भने एकता हुने अवस्था नरहेको निश्कर्ष निकालेको छ।‘बाबुरामजि र किरणजिसँग एकता हुने देखिदैन’-माओवादी केन्द्रका सचीव चन्द्रदेव खनालले भने-‘तर,विप्लवजिसँग छिटो एकताको तयारीमा छौं।’
त्यसैगरी माओवादी केन्द्रले कम्युनिस्ट पार्टीबीच एकता गर्दै जाने वा हाल अस्तित्वमा रहेको समाजवादी मोर्चालाई नै पार्टीको रुप दिएर अघि बढ्ने भन्ने पनि छलफल चलिरहेको बताएको छ। पार्टीका बैठक र प्रशिक्षणमा नेताहरूले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि एकता हुने कुरा गर्दै आएका छन् । यद्यपि समाजवादीका नेताहरू भने माओवादीसँग एकता गर्ने कुनै बहस र छलफल नभएको बताउँछन् ।
तर, पार्टी एकता नै गरेर ०८४ को निर्वाचनमा मुख्य शक्ति बन्ने लभनेर अनौपचारिक छलफल चाहिँ भएको दुबै पार्टीका नेताहरू स्वीकार्छन् । त्यसका लागि कसरी अघि बढ्ने भन्ने बारेमा मोटामोटी धारणा बनाउन दुबै पार्टीका ४ नेता छलफलमा जुट्ने गरेको पनि खुलेको छ। जसमा माओवादी केन्द्रले महासचिव देव गुरुङ र उपमहासचिव बर्षमान पुनलाई तोकेको छ भने समाजवादीले बरिस्ठ नेता डा.बेदुराम भुषाल र महासचिव घनश्याम भुषाललाई जिम्मा दिएको छ।

