अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल र लेबनान खेल्दै

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज लेबनानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
त्यसअघि म्यानमार र कीर्गिस्तानबीच पनि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले तथा नेपालले कीर्गिस्तानलाई १-० ले पराजित गरेको थियो ।
लेबनानसँग खेल्दा लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ । म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकोले आज दोस्रो जित हात पारे एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।
नेपालले अन्तिम खेलमा आइतबार म्यानमारसँग खेल्ने छ । चारमध्ये शीर्ष २ टोली फाइनलमा पुग्ने छन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।

