प्रकृति केसमा चन्द्र भण्डारीले भने- तिमी छौ भन्ने परिचय देऊ न सरकार !

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले भारतमा नेपाली विद्यार्थी मृत भेटिएको घटनाबारे बोल्दै सरकारलाई परिचय दिन आग्रह गरेका छन् ।

उनले चारवटा विमान लगेर भारतबाट विद्यार्थी बोकेर फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो उल्लेख गरेका हुन् ।

उनले लेखेका छन्, ‘सरकार ! चारवटा जहाज लिएर उडिसाबाट विद्यार्थी लिएर आउन !! कसले रोकेको छ र ? त्यसपछी विश्वविद्यालय संग कुरा हुन्छ ! सरकार !!! तिमि छौ भन्ने परिचय देउन सरकार !’

भारतको उडिसा स्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेको घटनाले अहिले नेपालभर चर्चा पाइरहेको छ ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय