तोप हाने पनि सरकार ढल्दैन:प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिपक्षीहरुले सरकार ढलिहाल्छ भन्ने हल्ला जति फैलाउन खोजेपनी र तोपै हानेपनि सरकार नढल्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँगको सत्ता सहकार्यमा भनिएको अवधि अझै १७ महिना आफैं प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको पालो आउने तर, सरकार नढल्ने दोहोर्याए ।
लुम्बिनी प्रदेशको प्रदेश सभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जतिसुकै बल गरेपनि आफू नेतृत्वको वर्तमान सरकार १७ महिना केही नहुने र त्यसपछि ०८४ मंसिर सम्म शेरबहादुर देउवा प्रधानमन्त्री हुने ठोकुवा गरे। ओलीले भने,-‘सरकार ढलोस् भनेर तोपै पड्काए पनि १७ महिनासम्म सरकार परिवर्तन हुँदैन त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तानान्तरण गरिनेछ ढुक्कसँग बस्नुस।’
प्रधानमन्त्री ओलीले भने-‘यो सरकार ढलिहाल्छ भन्ने हल्ला चल्या छ । यस्तो हल्ला नचले हुन्थ्यो । यसले युवामा निराशा हुन्छ। अब १७ महिना पनि बाँकी छ कि छैन, शायद ७ महिना बितिसक्यो । अबको १७ महिना मैले चलाउँछु । आफैं छाड्छु बेला पुगेपछि, बल गर्नै पर्दैन । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु । कुरा क्लियर छ ।’

