नेपालबाट कुम्भमेला जादै गरेको तिर्थालुको गाडी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं ।भारतको प्रयागराज स्थित महाकुम्भभेला स्नानका लागि नेपाली तिर्थालु लिएर जाँदै गरेको बस दुर्घटना भएको छ।

रुपन्देहीको देवदहबाट भारतको उत्तरप्रदेश कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेका छन् ।

भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको बुझिएको छ। दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय