मति भ्रष्टहरुले मलाई एमालेमा फर्किँदैछ भने : झलनाथ खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवं पुर्व प्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा एमालेमा जाने कुनै सम्भावना नरहेको जिकिर गरेका छन् ।

बेलाबेला झलनाथ खनाल सहित ठूलो टिम एमालेमा जादैछन् भन्ने हल्ला चलाउनेहरु मतिभ्रष्ट भएका ब्यक्ति हुन् भन्दै खनालले एमालेमा फर्किँदैछ भनेर कुप्रचार गर्नेहरूलाई सत्य बोल्न समेत आग्रह गरे।

उनले भने, ‘मति भ्रष्ट भएकाहरुले म एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेका हुन् । म आफ्नो विचार, नीति र सिद्धान्तमा प्रस्ट छु ।’ खनालले सरकारले ल्याएको अध्यादेश सदनबाट स्वीकृत नहुने अवस्था आउँदा पनि वर्तमान सरकारले नैतिकताको आधारमा सत्ता छाडन नमानेको आरोप समेत लगाएका छन् ।

अध्यादेश पास नहुने निश्चित हुँदा कांग्रेस र एमालेले सरकार ओगटेर बसेको उनको भनाइ छ । फरक प्रशंगमा खनालले साना दल फुटाउनेगरि सरकारले अध्यादेश ल्याएमा त्यसको असर ठूला दललाई नै पर्ने चेतावनी समेत दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय