आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि भिडन्त आज

पोखरा । पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि नेपाल पुलिस क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्ने छन् ।

पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लबलाई १-० ले पराजित गरेको थियो भने क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० ले तथा सेमिफाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १-० ले हराएर फाइनल पुगेको हो ।

बाई पाएर सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले क्वाटरफाइनलमा सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले पराजित गरेको थियो भने सेमिफाइनलमा पाँच पटकको विजेता थ्रीस्टारलाई ४-० ले हराएर पहिलो सहभागितामै फाइनल पुगेको हो ।

६ पटकको उपाधि विजेता पुलिस ११औं पटक फाइनल खेल्दै छ । पुलिसले मनाङ मर्स्याङ्दी क्लबसँगै समान ६ पटक उपाधि जितेको छ । आजको फाइनल जितेमा पुलिसले नयाँ कीर्तिमान बनाउनेछ ।

पुलिसका प्रशिक्षक घिमिरेले युवा खेलाडी भएपनि आफ्नो टिममा विश्वास रहेको र सातौं पटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा रहेको बताए । त्यस्तै उज्बेकी टोली पनि पहिलो सहभागितामै उपाधि जित्न उत्साहित देखिन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...