नेसपा (नयाँ शक्ति) महाधिवेशनमा कसको कति मत ? (सूचीसहित)

काठमाडौ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को काठमाडौंमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा डा‍.बाबुराम भट्टराई सहित ९० जना निर्वाचित भएका छन् ।

दुई उपाध्यक्ष र कोषाध्यक्ष सहित केही प्रदेशबाट केन्द्रिय सदस्य निर्विरोध निर्वाचित भएका थिए भने बाकी पदाधिकारी सहित सदस्य प्रत्येक्ष निर्वाचनबाट निर्वाचित भएका छन्।

सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार अध्यक्षमा डा.बाबुराम भट्टराईले सर्वाधिक ७६१ मत ल्याएर विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार युवा नेता नेत्र चापागाईँले ७३ मत ल्याए।

यसैगरी उपाध्यक्षहरूमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध भएका थिए भने ईश्वर रिजाल ३९३, टेकबहादुर बाठामगर ३१९, र उमेश शाह ३९५ मत ल्याएर विजयी भए।

महासचिवमा सोनामसिंह स्याङ्तान ४०९ मत सहित विजयी हुँदा अर्का उम्मेदवार जिएस गुरुङले ३७९ मत पाए। त्यस्तै सचिवमा भरत दाहाल,शन्देश कार्की र आशा कुमारी तामाङ निर्वाचित भए। कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्विरोध भए।

हेर्नुस् सूची:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय