के-के छन् सामाजिक सञ्जालका फाइदा र वेफाइदा ?
यतिबेला सरकारले सामाजिक संजालमा कैँची लगाउन खोजेको आरोप खेपिरहेको छ।नागरिकको बोल्न र लेख्न पाउने हक सँकुचित गर्न खोजिएको हो कि भनेर धेरैले चासो दिने र बिरोध गर्ने क्रम पनि छ। सामाजिक संजाल नियन्त्रणका लागि विधेयक अघि बढिसकेको अवस्थामा यसको पक्ष र विपक्षमा मत बाँडिनु वा चासो लिनु स्वभाविक हो।
तर,कहिलेकाहीँ जानेर वा अन्जानमा सामाजिक संजाल दुरुपयोग हुने र त्यसले कसैको सामाजिक र राजनीतिक जीवन नै सिध्याइदिने घटना पनि छन् । त्यसैले सामाजिक संजाल यस्तो धारिलो हतियार हो,जसलाई चलाउन जाने फाइदा र नजाने दुर्घटना हुनसक्छ ।
सामाजिक सञ्जाल भनेको के हो ? आउनुहोस् आज यसका फाइदा र बेफाइदा बारे चर्चा गरौं ।
कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वेवसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन हो । यो समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो ।
यो सूचना आदानप्रदान गर्ने अनलाइन च्यानलहरुको सामूहिक रुप हो । यस्ता च्यानलहरु प्रायः निशुल्क हुन्छन् । फेसबुक, युट्युब, भाइबर, ट्वीटर, आदि यसका उदाहरण हुन् । यो खासगरी कम्प्युटर (ल्यापटप वा डेस्कटप) र माबाइल (स्मार्टफोन वा ट्याब्लेट) जस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ । यसको प्रयोगको दायरा धेरै फराकिलो छ । हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न सकिने सरल प्रविधि भएकाले यो अहिले मानिसको जीवनसाथी जस्तै बनेको छ । यसमा हाल प्रायः व्यक्तिले करिब २० प्रतिशत समय बिताउने गरेको पाइन्छ ।
के छन् त सामाजिक सञ्जालका फाइदा ?
-सूचना आदान प्रदान छिटाछरितो गर्न सकिने।
-घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने।
-महत्वपूर्ण कागजात, फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न सकिने।
-कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने।
-घरमै बसेर खरिदबिक्री गर्न सकिने।
-आफ्ना विचार भावना राख्न सजिलो हुने।
-सारा विश्वलाई एउटै गाउँँमा ल्याउन सहयोग पुग्ने।
-अध्ययन अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्ने।
-व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यवसाय सबैले हरेक काममा प्रयोग गर्न सकिने ।
समाजिक सञ्जालका बेफाइदा के हुनसक्छ ?
-सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने।
-अरु प्रति नकारात्मक टिकाटिप्णी सेयर गर्ने।
-सामाजलाइ हानी नोक्सानी गर्ने विषयबस्तु बढी शेयर गर्ने।
-अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गर्ने, सेयर गर्ने।
-नचिनेको व्यक्तिलाई जिस्क्याउने, अर्काको फोटो तथा भिडियोको दुरुपयोग गर्ने।
-समाजिक सञ्जाललाई अध्ययन अनुसन्धानको साधन भन्दा मनोरन्जनको साधनको रुपमा प्रयोग गर्ने।
-गलत समाचार सम्प्रषण गर्ने ।