५०औं खेलमा जित निकाल्दै नेपाल पुलिस आहा रारा गोल्डकपको फाइनलमा

पोखरा । नेपाल पुलिस क्लब २४औं आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १-० गोलअन्तरले हराउँदै पुलिस फाइनलमा पुगेको हो ।
आहा राराको २५०औं खेल रहेको यस खेल पुलिसको पनि ५०औं खेल थियो । सन्जीव लामाले ५८औं मिनेटमा गरेको शानदार भली गोलमा पुलिसले अग्रता लिएको थियो ।
त्यही गोल पुलिसलाई फाइनलमा पुर्याउन पर्याप्त रह्यो । पुलिसले अब थ्रीस्टार र ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

