भरतपुरका यी स्थानमा फागुन १ देखि दैनिक ९ घण्टा विद्युत आपूर्ति बन्द हुने

चितवन । चितवनको भरतपुरमा फागुन १ गतेदेखि ४ गते सम्म दैनिक ९ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले बुधबार सूचना जारी गर्दै प्रसारण लाइन मर्मतका लागि विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।
केन्द्रका अनुसार फागुन १ देखि ४ गतेसम्म विहान ८ बजेदेखि साँझ ५ सम्म आपटारीस्थित न्यू भरतपुर सब-स्टेशन देखि बसेनी स्थित पुरानो भरतपुर सब-स्टेशन सम्मको १३२ के.भी प्रशारण लाइनमा तार अपग्रेड गर्नुपर्ने छ ।
सोही कारण यस वितरण केन्द्र अन्तर्गतको गणेस्थान फिडर अवरूद्ध हुने हुँदा भरतपुर महानगरपालिका-११ अन्तर्गत भोजाड-पदमपुर मार्ग, बसेनी, विशालचोक, बर्मेली चोक, नेपाल पोलिटेक्निक, के.बि.लाइन लगायतका आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध रहने छ ।
काम सम्पन्न भएमा तोकिएको समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने पनि जनाइएको छ ।

