नेसपा (नयाँ शक्ति)मा को-को भए निर्विरोध निर्वाचित ?


काठमाडौ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का दुई उपाध्यक्ष सहित विभिन्न पदमा केही उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका मध्य उपाध्यक्ष (महिला) मानुषी यमि भट्टराई र दलिततर्फ उपाध्यक्षमा दुर्गा सोब छन् ।

यसैगरी केन्द्रीय सदस्यतर्फ कोशी प्रदेश (खुल्ला) मणि राई, महिला केन्द्रीय सदस्यमा तारा बास्तोला दवाडी निर्वाचित भएका छन् ।मधेस प्रदेशमा(महिला) बिबि समिना खातुन, बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) वसुन्धरा सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) चित्र सापकोटा निर्वाचित भएका छन् ।

यसैगरी गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) नारायणी अधिकारी, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) कमल खनाल, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले, कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मी प्रसाद भट्टराई र सोही प्रदेशबाट केन्द्रीय सदस्य(महिला) मिराकुमारी मल्ला निर्वाचित भएकी छिन् ।

यस्तै सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला) रतनबहादुर टमटा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) सत्यदेवी चापागाईँ, भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लोकेन्द्रबहादुर सुनार निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी केन्द्रीय सदस्य खुला युवा महिला निशा श्रेष्ठ,आदिवासी जनजाति युवा महिला मन्जु माया तामाङ, मधेसी महिला अमृता कुमारी देवी, दलित केन्द्रीय सदस्य युवा हिकमत विक र थारु महिला केन्द्रीय सदस्यमा गीता थनेत निर्वाचित भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय