चितवनको रत्ननगरदेखि इच्छाकामनासम्म मंगलबार विद्युत आपूर्ति अवरुद्ध हुने

चितवन । चितवनको चारवटा पालिकाका विभिन्न स्थानमा मंगलबार विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । रत्ननगर टाँडी वितरण केन्द्रअन्तर्गत भोल्टेज सुधारका लागि पूर्व पश्चिम हाईवे खण्डमा मर्मत तथा सुधार गर्नुपर्ने भएकाले लाइन काटिने भएको हो ।
मंगलबार विहान १० बजेदेखि ४ बजेसम्म ६ घण्टा रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
टाँडी वितरण केन्द्रले सूचना जारी गर्दै भोल्टेज सुधारका लागि पूर्व पश्चम हाईवे खण्डको को खैरहनी-८ चैनपुर चोक देखि रत्ननगर-२ पेट्रोल पम्प सम्म दुईवटा ११ के.भी. नयाँ फिडर निर्माणाधिन रहेकोमा सो खण्डको विभिन्न स्थानमा ३३/११ के.भी. लाइन कम्पोजिट गर्ने तथा लाईन सुधार गर्ने कार्यको लागि भरतपुर बाट पर्सा आउने ३३ के.भी. मेन फिडर नै बन्द गर्नुपर्ने जनाएको छ ।
पर्सा सबस्टेशनवाट प्रसारण हुने सम्पूर्ण फिडरहरु- टाँडी फिडर, सौराहा फिडर, चैनपुर-१ फिडर र चैनपुर-२ फिडरहरुमा विद्युत सेवा अवरुद्ध रहने जनाइएको छ ।
रत्ननगर नगरपालिका वडा नं. १ देखि ४ सम्म तथा वडा नं ८ देखि १६ सम्म तथा आसपासका क्षेत्रहरू, खैरहनी नगरपालिका वडा नं १, २ र ४ तथा आसपासका क्षेत्रहरू, कालिका नगरपालिका अन्तर्गत सम्पूर्ण क्षेत्रहरू र इच्छाकामना गाउँपालिका वडा नं ७ तथा आसपासका क्षेत्रहरूमा विद्युत सेवा यस अवधिमा बन्द रहनेछ ।

