भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको ज्यान गएको छ ।

चतराबाट धरानतर्फ आउँदै गरेको प्रनं १–०२–००२च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्रनं १–०२–०५१ प ४९९५ नम्बरको स्कुटी चालकलाई ठक्कर दिँदा धनकुटा शहिदभुमी गाउपालिका–१ का २५ वर्षीय सुमन राई गम्भीर घाइते भएका थिए ।

घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ ।

ठक्कर दिइ भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका–३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएको जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय