केजरिवाललाई हराउन ३७ हजार मतदाताको नाम काटियो

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको चुनावमा आम आदमी पार्टी (आप)का राष्ट्रिय अध्यक्ष एवं पुर्व मुख्यमन्त्री अरबिन्द केजरिवाललाई हराउन मतदाताको नाम काटिएको खुलासा भएको छ।

दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) २७ बर्षपछी सत्तामा ‘कम्ब्याक’ हुनु र कांग्रेस आई शुन्य सिटमा पुग्नुको जति चर्चा छ त्यो भन्दा बढी केजरिवालको हारको पनि चर्चा भएको छ । उनको हारसँगै बाहिर आएका रोचक तथ्य मध्य अन्य क्षेत्रमा मतदाता बढ्नु र दिल्लीमा घट्नुलाई पनि लिन सकिन्छ। केजरिवालको चुनावी क्षेत्रमा ३७ हजार मतदाताको नाम हटाइएको पाइएको छ ।

चुनाव अगाडिदेखि आपले आरोप लाउँदै आएको कुरा तथ्यांकबाट पनि पुष्टि भएपछि अहिले यो चर्चाको बिषय बन्न पुगेको हो। जम्मा ४ हजार ८७ मतले चुनाव हारेका केजरीवालको क्षेत्रमा ३७ हजार मतदाताको नाम काटिनु रोचक बनेको छ।यो संयोग मात्रै नभएर मोदी सरकारले गरेको बदमासी हो भन्ने स्वतन्त्र विश्लेशकहरुको मत छ ।

भारतीय डिजिटल मिडिया दि क्विन्टका अनुसार सन् २०२० को चुनावमा यो क्षेत्रमा १ लाख ४६ हजार १२२ मतदाता रहेका थिए भने २०२५ मा यो आँकडा घटेर १ लाख ६ हजार ३६५ जनामा पुगेको देखिएको छ ।

भारतका समग्र निर्वाचन क्षेत्रहरुमा मतदाताहरु बढेका आँकडा आइरहँदा केजरिवालको चुनाव क्षेत्रमा भने २५ प्रतिसत मतदाता पाँच वर्षमा घट्नुले त्यसलाई राजनीतिक कोणमा आप र केजरिवाललाई हराउने अर्थमा व्याख्या गरिएको छ ।

भारतीय मिडिया न्यूज १८ का अनुसार भारतीय जनता पार्टी (बीजेपी)का नेता प्रवेश वर्माको मत ३० हजार ८८ आउँदा केजरिवालको मत २५ हजार ९९९ आएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय