नेसपा(नयाँ शक्ति)को प्रथम महाधिवेशन भोलिदेखि काठमाडौंमा

काठमाडौं ।नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौं स्थित प्रज्ञा भवनमा सुरु हुने भएको छ।

महाधिवेशन माघ २९ गते सम्म चल्नेछ । पार्टी संयोजक एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले उद्घाटन गर्ने महाधिवेशनमा सबै प्रदेश र प्रवास तथा अन्तर्राष्ट्रिय शाखाका १ हजार ६ समय भन्दा बढी महाधिवेशन  प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

महाधिवेशनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री एवं संयोजक डा. भट्टराई सहित पार्टीका अन्य वरिष्ठ नेताहरूले समाजवादी आन्दोलन, पार्टीको सांगठनिक संरचना, तथा भावी रणनीतिबारे आफ्ना धारणा राख्नेछन् । जसमा पार्टी पुनर्संरचना र भावी रणनीतिका बिषयमा बढी केन्द्रित हुने आयोजकको भनाइ छ।

महाधिवेशनमा पार्टीको सांगठनिक पुनर्संरचना, नेतृत्व चयन, तथा भावी रणनीतिबारे गहन छलफल हुने नेसपाले जनाएको छ। यो महाधिवेशनले बैकल्पिक शक्ति निर्माणको आवश्यक र समाजवादी आन्दोलनलाई नयाँ दिशा दिने बुझिएको छ।

महाधिवेशनका प्रमुख एजेन्डा निम्नानुसार छन्:

सांगठनिक सुदृढीकरण अन्तर्गत पार्टी संरचनालाई थप व्यवस्थित गर्दै युवाहरूको सहभागिता सुनिश्चित गरिनेछ।

आर्थिक नीति :समाजवादी अर्थतन्त्रको अवधारणा तथा व्यवहारिक कार्यान्वयनबारे छलफल गरिनेछ।

संघीयता र समावेशीता : संघीयता सुदृढ बनाउन आवश्यक नीति निर्माण गरिनेछ।

आगामी निर्वाचन रणनीति : पार्टीको चुनावी रणनीति तथा सम्भावित गठबन्धनबारे छलफल हुनेछ।

कार्यक्रमको स्वरूप

महाधिवेशन तीन दिनसम्म विभिन्न चरणमा सञ्चालन हुनेछ:

पहिलो दिन (माघ २७) :उद्घाटन सत्र प्रमुख नेताहरूको सम्बोधन

समाजवादी आन्दोलनका उपलब्धि र चुनौतीबारे छलफल

दोस्रो दिन (माघ २८) :सांगठनिक तथा नीतिगत छलफल

विधान संशोधन प्रस्तावमाथि छलफल समसामयिक राजनीतिक परिस्थितिको समीक्षा

तेस्रो दिन (माघ २९) : नेतृत्व चयन र समापनन नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न पश्चात् घोषणापत्र जारी गर्दै महाधिवेशन समापन गरिने छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय