प्रभु बैंकमाथी एमाले नेता बस्नेतको गम्भीर आरोप !

काठमाडौं । सत्तारुढ नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले प्रभु बैंक र पुर्व गृहमन्त्री रवि लामिछानेबीच कुनै गलत अपराधिक कर्ममा साँठगाँठ हुनसक्ने आशंका गरेका छन् ।
एमाले नेता बस्नेतले रास्वपा सभापति समेत रहेका र हाल सहकारी प्रकरणमा ३ ठाउँबाट धरौटीमा रिहा भएका रवि लामिछानेलाई प्रभु बैंकले धरौटी राख्न गरेको सहयोग बारे स्पष्ट हुन आवश्यक भएको समेत बताए।‘प्रभु बैंक र रवि लामिछाने बीचको कनेक्सन के हो ?’ उनको प्रश्न छ,-‘यसमा केही न केही गलत र अपराधिक कर्ममा यिनीहरूको साठगाठ हुनुपर्छ।’
बस्नेतले सामाजिक संजालमा लेखेका छन्, ‘गरिब युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने १ सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखी २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरुले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ?
प्रभु बैंक र रवि लामिछाने बीचको कनेक्सन के हो ? प्रभु बैंक र गोर्खा मिडिया सँगको कनेक्सन के हो ? विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया जिबी राई र रवि लामिछानेलाई संरक्षण किन गर्दैछ प्रभु बैंक ? केही न केही गलत र अपराधिक कर्ममा यिनीहरूको साठगाठ हुनुपर्छ। यसको बारेमा सही छानबिन गरी कर्बाही गर्न आवश्यक छ।

