शान्ति समाजको सभापतिमा रेनुका पौडेल

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा अधिवक्ता रेनुका पौडेल (काठमाण्डौ) निर्वाचित भएकी छन् ।

नवलपरासीपुर्व (नवलपुर) को गैडाकोटमा सम्पन्न समाजको २७ औँ राष्ट्रिय परिषद् बैठकको अवसरमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा पौडेल सभापति निर्वाचित भएकी हुन् ।समाजको वरिष्ठ उपसभापतिमा राजेन्द्र पौडेल (चितवन), उपसभापतिमा अधिवक्ता लक्ष्मीनारायण मिश्र (तेह्रथुम), उपसभापति (महिला)मा अधिवक्ता धन थापा (मोरङ), महासचिवमा प्रकाश शाही (सुर्खेत) र कोषाध्यक्षमा चन्द्रमणी बन्जारा (ललितपुर) निर्वाचित भएका छन् ।
यसैगरी सचिव कोशी प्रदेशमा सन्तोष रौनियार सुनसरी, सचिव मधेस प्रदेशमा प्रेमचन्द्र पटेल पर्सा, सचिव वाग्मती प्रदेशमा दिवाकर पुडासैनी काठमाण्डौ, सचिव गण्डकी प्रदेशमा तिर्थराज न्यौपाने कास्की, सचिव लुम्विनी प्रदेशमा धनपति (डिपी) खनाल रुपन्देही, सचिव कर्णाली प्रदेशमा दिल्लीप्रसाद जैसी सल्यान, सचिव सुदुरपश्चिम प्रदेशमा भक्तबहादुर विश्वकर्मा कैलाली, सचिव (आदिवासी जनजाती)मा डोरविक्रम श्रीस गुल्मी, सचिव (महिला)मा रेनुका देवकोटा पाल्पा, सचिव (दलित)मा तुलसीराम सुनार दाङ, सचिव (मधेसी)मा ज्योति बाल्मिकी बाँके, निर्वाचित भएका छन् ।

त्यस्तै १० जना केन्द्रिय सदस्यहरुमा उमा गोतामे काठमाण्डौ, सुशिला रिजाल झापा, कौशल्या खनाल संखुवांसभा, निरमाया मिजार म्याग्दी, अरुण ज्ञवाली पाल्पा, भानुभक्त रिमाल नवलपुर, निर्मला गौतम दाङ, सिताराम कोइराला सुनसरी, शम्भु राउत चितवन, लालहरी पाण्डे रुपन्देही निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी/सदस्यहरुलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्कीले प्रमाणपत्र प्रदान गर्दै बधाई सहित कार्यकाल सफलताको शुभकामना दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय