कस्तो होला देशभरको मौसम?


काठमाडौं ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा तराईमा हुस्सु र कुहिरो कम हुँदै, कोसी प्रदेशको मौसम भने आंशिक बदली रहने छ।

यतिबेला (शुक्रबार बिहान) कोसी प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। बिगत दुई सातादेखि तराई मधेसका धेरै क्षेत्रमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो कम हुँदै गएको हो।

देशका बाँकी भूभागमा पनि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको मौसम पनि सफा छ। दिउसो घाम लाग्नेछ।

बिहानको समयमा देशका तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय