संसदको हिउँदे अधिवेशन आजदेखि

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । प्रधानमन्त्री लगायत शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन् ।
दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ ।
बैठकमा सरकारले भर्खरै जारी गरेको विधेयक पेश हुनेछ। सत्ता पक्षले विधेयकको बचाउ गर्नेमा एकमत कायम गरेका छन् भने विपक्षीदलले विधेयक पास गर्न नदिने भनेका छन् ।

