‘सक्दिन’ कि ! भन्दै जिम्मेवारी लिएकी उर्मिला त्यसैमा ‘अब्बल’ बनिन्

नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एकदिन बेलुकी पार्टी केन्द्रिय सदस्य उर्मिला थपलियालाई टेलीफोन गरे। उनले टेलीफोनमा भने तपाईंलाई पार्टीको एउटा महत्त्वपूर्ण बिभागको जिम्मेवारी दिने निर्णय भएको छ।

खबर सुन्दा उर्मिलामा जति उत्साह थियो जिम्मेवारी पाएको बिभागको नाममा त्यति उत्साह र जाँगर देखिएन ! उर्मिलाको जिम्मेवारीमा परेको विभाग थियो-‘उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग’। सायद त्यसैले होला उर्मिलाले मुख्यसचिवलाई भनिन् दाइ म यो जिम्मेवारी लिन सक्छु होला त ? मलाई अर्को कुनै बिभाग भए काम गरेर देखाउन अझै सजिलो हुने थियो कि ! उर्मिलाको कुरामा पौडेलले यत्ति मात्रै भने-‘हेर्नुस् यो विभाग नै तपाईंको लागि राम्रो हुन्छ। जहाँ तपाईंले धेरै गरेर देखाउन सक्नुहुन्छ,जिम्मेवारी लिनुपर्छ।’ तर,उर्मिला कन्भिन्स भएकी थिइनन् ।

पौडेलसँगको कुराकानी सकिएपछि उर्मिलालाई महामन्त्री विश्वप्रकाश शर्माको टेलिफोन आयो। उनले टेलिफोनमा त्यै भनिन् जुन मुख्यसचिवलाई सुनाईसकेकी थिइन् । तर,महामन्त्री शर्माले उर्मिलालाई भने-,‘यो बिभाग अत्यन्तै महत्त्वपूर्ण र अहिलेको पुस्तालाई लाभकारी हुने बिभाग हो ।ढुक्कसँग जिम्मेवारी लिनु। कहिँ कतै अलमल भएमा म र सिङ्गो पार्टीले साथ दिन्छ।’ महामन्त्री शर्माको कुराबाट उनि कन्भिन्स त भइन् तर पनी उर्मिलाको मन अझै दोधारमा थियो।

त्यसपछि उनलाई केन्द्रिय सदस्य मधु आचार्यको पनि टेलीफोन आयो। आचार्यले उर्मिलालाई यो विभाग बारे बिस्तृत बुझाए र सल्लाह सुझाव सहित हौसला थपे। अर्का महामन्त्री गगनकुमार थापाको पनि उनलाई फोन आयो। उनले फोनमा त्यै कुरा दोहोर्‍याइन् । तर,मधु आचार्य अनि महामन्त्री थापा र शर्माले उनलाई कन्भिन्स गर्न सके, उर्मिलाले बिभागको जिम्मेवारी लिइन् । त्यसरी सक्छु कि सक्दिन भनेर दोधारमै लिएको जिम्मेवारीमा उर्मिला  ‘अब्बल’ बनेकी छन् । उनको विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको दुई दिने  ‘नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन’ भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।

माघ १६ र १७ मा सम्पन्न सम्मेलनमा झन्डै १५ हजारले अवलोकन गरे भने पार्टीका सभापति शेरबहादुर देउवा सहित प्रायः सबै नेताकार्यकर्ताले उनको कामको प्रशंसा पनि गरे। उनको कामको प्रशंसा गर्दै उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष बिष्णु पौडेल,नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा,पुर्व महामन्त्री डा.शशांक कोइराल,प्रबक्ता डा.प्रकाश शरण महत, कृषिमन्त्री रामनाथ अधिकारी,उद्योगमन्त्री दिपक खड्का,उद्योगपति एवं सांसद बिनोद चौधरी,कांग्रेस नेता चन्द्र भण्डारी, नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास लगायतले कार्यक्रममा उपस्थित भएर मात्रै होइन सामाजिक संजाल मार्फत पनि धन्यवाद दिए।

उर्मिलाको यो कामले उनलाई पनि धेरै कुरा सिकाएको छ। त्यसैले उनले उद्घाटन समारोहमा सभापति लगायत नेताहरूको अगाडी उभिएर भनिन्- ‘म विभागलाई अझै सबल बनाउन लाग्नेछु। जसले वीपी कोइरालाले देखेका सपना,उदार अर्थतन्त्र,आर्थिक रुपान्तरण,लगानी प्रोत्साहन र दिगो विकासमा साना तथा मझौला उद्यमीका योगदान जस्ता कुरामा परिणाम देखिनेगरी विभागका सबै साथीहरू लागिपर्ने छौं ।’

त्यसैगरी कार्यक्रम सम्पन्न भएपछि पनि उर्मिलाले भनेकी छन्- ‘साना तथा मझौला ब्यवसायीको समस्याहरुको समाधान गर्ने विषयमा पैरवी गर्न नेपाली कांग्रेस पुर्ण रुपमा लाग्ने छ । जिबनको सफलता उद्दममा निर्भर छ त्यसैले हरेकले केहि न केहि उद्दम गर्नु पर्छ । हामि सार्है खुशी भएका छौं । यो दुइ दिने सम्मेलन सफलता पुर्वक सम्पन्न गर्न हामी सफल भयौं।’

हुन त उर्मिला नेपाली कांग्रेसको राजनीतिमा नयाँ नाम होइन । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदायकी उर्मिला धादिङ नलाङ (हाल सिद्धलेक गाउँपालिका)की हुन् । उनले नेपाल विद्यार्थी संघको महामन्त्री हुँदा  ‘पुरुष प्रधान सोचका मान्छेहरूसँग लड्न अत्यन्तै अप्ठेरो छ’ भनेर दिएको अभिव्यक्ति होस् वा पार्टी केन्द्रिय समिति बैठकमा  ‘पार्टी भित्र एक महिला उपसभापति वा महामन्त्री निर्वाचित अनिवार्य गरौं’ भनेर राखेको प्रस्ताव होस् जसले उर्मिलालाई राष्ट्रिय राजनीतिमा कुशल नेतृको चिनारी दियो।

सायद त्यसैले होला उर्मिलाले बैठकमा पार्टी हितका बिषयमा फोकस गरेरै बोल्छिन् । केही समय अघिको केन्द्रिय समिति बैठकमा पनि उर्मिलाले भनेकी थिइन्,‘भ्रातृ एवं शुभेच्छुक संस्था आफुले अधिवेशन गर्न सक्दैनन् भने सम्बन्धित जिल्ला, क्षेत्र, प्रदेश वा केन्द्रका सभापतिले आफैं तोक्नसक्नुपर्छ र संगठनलाई चलायमान बनाउनुपर्छ ।’ उनको तर्क सहित प्रस्तुत हुने शैलीले भविष्यमा पार्टी नेतृत्वमा पुग्ने क्षमता पनि राख्दछ।

महिलाको सन्दर्भमा पनि उनको बिचार जोडदार छ। नेपाली समाजलाई महिला हिंसामुक्त बनाउनका लागि महिलालाई आर्थिक, शैक्षिक, कानुनी र पहुँचको हिसाबले आत्मनिर्भर बन्ने  बाटोमा अग्रसर बनाउन उनको जोड छ। घर, परिवार, समाज र राज्यले महिलालाई आत्मनिर्भर बन्ने वातावरण तयार पार्नुपर्ने उर्मिला बताउँछिन् ।

उर्मिलाको बुझाइमा महिलाले अहिले पनि तीनवटा निकायसँग लड्नुपर्छ ।१.पारिवारिक संरचना २.समाज र ३. राज्य सत्ता । उनको विचारमा घरमा कन्भिन्स गराएर निस्किएपछि समाजको सञ्जाल डरलाग्दो र ठूलो छ, त्यसको सामना गर्न त्यति सजिलो छैन । त्यसपछि अर्को संरचना राज्य सत्ता हो । जहाँ पुरुष प्रधान सोचका मान्छेहरू धेरै छन् । महिलाको क्षमता जति धेरै भए पनि त्यो कुराको कदर समाजले गर्न खोज्दैन। जसले गर्दा उप र सहायक पदहरू सजिलोसँग दिने तर महिलालाई प्रायः नेतृत्व नदिने अवस्था रहेको उनको तितो भोगाइ पनि छ।

२०५३ सालमा धादिङस्थित निलकण्ठ माविमा इकाई उपाध्यक्ष बनेर राजनीतिक यात्रा थालेकी थपलिया त्यसको २३ वर्षपछि नेविसंघको केन्द्रीय महामन्त्री बनिन् । नेविसंघ धादिङको सचिव, काठमाडौं विश्वभाषा क्याम्पसको स्ववियु सचिव, नेविसंघको केन्द्रीय सदस्यदेखि केन्द्रीय महामन्त्री हुँदै हाल माउ पार्टी नेपाली कांग्रेसको केन्द्रिय सदस्य छिन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय