माओवादी नेतापिच्छे विद्यार्थी उमेदवार !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्याथी संगठन अखिल (क्रान्तिकारी) को महाधिवेशनमा अध्यक्ष प्रचण्ड,उपाध्यक्ष नारायण काजी श्रेष्ठ,महासचिव देव गुरुङ सहित प्रायः पदाधिकारी पिच्छेका उमेदवार देखिएका छन् ।

माघ १२ गते हुने ३१२ सदस्यीय केन्द्रिय समिति निर्वाचनमा झन्डै ५ सय उम्मेदवार मैदानमा छन् । अखिल क्रान्तिकारीले विद्यार्थी राजनीतिमा ३२ वर्षे उमेरहद तोकेपछि अध्यक्षमा दाबी गरिरहेका प्रायः सबै नेता पाखा लागेका छन् । जसले गर्दा अखिल क्रान्तिकारीमा पुरानो सबै गुट भत्केर नयाँ गुट बनेका छन् । त्यसमध्ये अध्यक्ष पुष्पकमल दाहाल,बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,महासचिव देव गुरुङ,उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनका छुट्टाछुट्टै गुट बनेका छन् ।

उमेरहदका कारण प्रतिस्पर्धामा बाहिरिएका विद्यार्थी नेताहरूले पार्टी पदाधिकारी पिच्छे गुट बनाउदै नेतासँग फोटो खिचाउदै गरिरहेका छन् । निर्वाचन भन्दा सहमति मै नेतृत्व छान्ने  माओवादी हेडक्वार्टरको चाहना समेत बदर भएको छ। अध्यक्ष प्रचण्डले सुरुमा कसैलाई नच्याप्ने भनेपनी अहिले बिजयप्रकाश शर्मालाई पार्टी हेडक्वार्टर अर्थात प्रचण्ड समुहको आधिकारिक उम्मेदवार बनाएको चर्चा छ।

अहिले एउटा समूहले अध्यक्ष प्रचण्डले विजयप्रकाश शर्मा सापकोटालाई अध्यक्ष र सञ्जयकुमार महतोलाई महासचिव बनाउन चाहेको भन्दै प्रचार सुरु गरेको छ। यसैगरी पार्टी उपमहासचिव वर्षमान पुनले सुदिन पौडेललाई अध्यक्षमा अघि सारेका छन् । अध्यक्षमा पौडेल भएपनी उनको प्यानल भने छैन।

अर्का उपमहासचिव जनार्दन शर्माले हेमन्त राई अध्यक्ष र रोशन थापामगरलाई महासचिव बनाउन चाहेका छन् । यो समुहमा नेता सुदन किराँतीको प्रत्येक्ष सहयोग छ। उम्मेदवार राई भोजपुर कै भएकोले पनि किराँतीले उनलाई नै साथ दिने पक्का छ।

उता बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष उपदेश यादव र महासचिव सञ्जिव फुयाललाई समर्थन गरेको छ। पुर्व एकता केन्द्र पक्षधरको यो समुहलाई विद्यार्थी नेता पवन कार्की समुहको पनि साथ छ।

उता माओवादी महासचिव देव गुरुङले अध्यक्षमा विश्वमणि थापा र महासचिवमा तिर्सना हमाललाई सघाउने वचन दिएका छन् । माओवादी बिभाजनको बेला मोहन बैद्दको साथमा रहेर पछि माओवादी मै फर्केका गुरुङले रोजेको उम्मेदवारलाई पार्टी उपाध्यक्ष पम्फा भुषालको समेत समर्थन रहेको भनिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय