हेल्थक्याम्पमा डा.निकिताको सक्रियता
काठमाडौं । दुई बिषयमा गोल्ड मेडल विजेता डा.निकिता काफ्लेले पछिल्लो समय आफ्नो बिषयमा धेरै ठाउँमा स्वास्थ सेवा दिँदै आएकी छन् ।

अघिल्लो हप्ता श्री स्वस्थानी मेला स्थल सालीनदीमा स्वास्थ सेवा दिएर फर्किए लगत्तै उनको सक्रियतामा पुरै टिमले बुधबार अलकापुरी चिल्ड्रेन भिलेजमा दन्त सेवा शिविर संचालन गरेको छ।

उक्त शिविरमा साना नानी बाबुले चेकअप र माइनर उपचारहरुको लाभ लिएका थिए। शिविरमा आएका सेवाग्राहीलाई डा.निकिताले विभिन्न क्याम्पबाट दन्तचिकित्साका बिषयमा परामर्श दिएकी थिइन। लायन्स क्लब अफ महाङ्काल र लायन्स क्लब अफ पद्मश्रीको सहयोगमा शिविर सम्पन्न गरिएको थियो।