स्वस्थानी मन्दिर सालीनदीमा स्वास्थ शिविर

काठमाडौं । लायन्स क्लब डिस्ट्रीक ३२५’डी’ ले दन्त चिकित्सकहरुको सहयोगमा सालीनदी किनार स्वस्थानी माताको मन्दिर नजिकै स्वास्थ शिविर संचालन गरिरहेको छ।

माघ महिनाभरी पवित्र स्थान साँखु, सालिनदी स्वस्थानी मन्दिरमा हरेक दिन स्वास्थ्य शिविर सञ्चालन हुने डा.निकिता काफ्लेले जानकारी दिइन् । डा.निकिता आफैं पनि यो अभियानमा खटिरहेकी छन् ।
उक्त शिविरका लागि काठमाडौं बौद्धमा रहेको अन्नपूर्ण मल्टिस्पेशालिटी डेन्टल सेन्टरले प्राविधिक सहयोग गरेको छ। शुक्रबार पनि शिविरमा डा.निकिता काफ्लेको नेतृत्वमा दन्त चिकित्सक टोली सहभागी भएको थियो ।

सोही कार्यक्रममा सहभागी अष्ट्रेलियाका चिकित्सा विद्यार्थी डाक्टर जेम्सले त्यहाँको सेवामुखी कार्यक्रम र सहभागीहरुको कामबाट प्रभावित भएको बताए। सालीनदीमा लागेको श्री स्वस्थानी मेलामा आएका भक्तजन र स्थानीयले शिविरको लाभ लिएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय