माधव नेपालको पार्टीमा आवद्ध पत्रकारहरु प्रेस चौतारीमा प्रवेश

काठमाडौं ।नेकपा एकीकृत समाजवादी पार्टी निकटक पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टीमलाई एमालेमा स्वागत गरेका हुन् । माधवकुमार नेपालको आलोचना सहित आर्टिकल लेखेपछी अध्यक्ष सुवेदीलाई पार्टीले स्पष्टीकरण सोधेको थियो।

नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए । सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय