रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको छ।

स्वर्णलक्ष्मि सहकारी प्रकरणमा काठमाडौं प्रहरीको हिरासतमा रहेका पुर्व गृहमन्त्री लामिछाने आज थुनामुक्त भएका हुन। गत साता पोखराको सुर्यदर्शन सहकारी प्रकरणमा ८४ दिन हिरासत बसेर उनी ६५ लाख धरौटीमा छुटेका थिए।

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न बुधबार आदेश दिएको हो। आदेश सुनाउनु अघि रास्वपा कार्यकर्ताले सडकमा प्रदर्शन गर्नुको साथै सरकारी र पीडितका वकिलमाथी हातपात प्रयास गरेका थिए।