मनहरी दुर्घटना : अर्का घाइतेको पनि मृत्यु

काठमाडौं । मकवानपुरको मनहरीमा शनिबार भएको स्कार्पियो र कार दुर्घटनामा घाइते १३ मध्य २ को मृत्यु भएको छ।

घटनामा गम्भीर घाइते कार चालकको घटनास्थलबाट अस्पताल लैजानेक्रममा मृत्यु भएको थियो। अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने १० जना घाइतेको उपचार भैरहेको छ।

शनिबार दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा-४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको थियो। उनी करातेका पुर्व राष्ट्रिय खेलाडी तथा हालका प्रशिक्षक समेत हुन् ।

यसैगरी दुर्घटनामा गम्भीर घाइते भएकी चितवनको राप्ती नगरपालिका-२ गड्यौली बस्ने ५० वर्षीया सुनिता श्रेष्ठको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुर,चितवनमा शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी-६ मा ठोक्किँदा दुर्घटना भएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय