स्कार्पियोसँग ठाेक्किँदा कार चालक सहित २ को मृत्यु, १२ जना घाइते

काठमाडौं ।मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

शनिबार दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा-४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। यसैगरी उपचारको क्रममा अर्को १ महिलाको मृत्यु भएको छ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी-६ मा ठोक्किँदा दुर्घटना भएको थियो।

कारमा सवार २ र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका जनाउँदै प्रहरी प्रवक्ता अर्यालले घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताए।

स्कार्पियो चालकको पहिचान खुल्न नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था गम्भीर रहेकाले उपचारका लागि एलाइभ अस्पताल भरतपुर पठाइएको अर्यालले जानकारी दिए।रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय