रवि लामिछाने ६५ लाख धरौटीमा रिहा हुँदै !
कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ।

बिहिवार थुनछेक बहस सकिए लगत्तै कास्की अदालतले रवि सहित प्रतिवादीलाई धरौटीमा छाड्न आदेस दिएको हो। आदेश आउनु अघि जिल्ला अदालत कास्कीको आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो।अदालत परिसर आसपास रवि समर्थक र सहकारी पीडितको भिड जम्मा भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बढाइएको थियो।

जिल्ला न्यायाधीश नितिज राईको इजलासमा बिहीबार नै बहस सकिएपछि रवि सहित उनीहरुको हकमा यस्तो आदेश आएको हो।प्रतिवादीको तर्फबाट बुधबार नै बहस सकिएपछि जवाफी बहस बुधबार दिउँसो र बिहीबार भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रास्वपा सभापति लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई, पूर्व प्रहरी रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, मीनाका बुबा कृष्णबहादुर गुरुङ र आरती गुरुङ थिए।
बिहिवार आदेश आउनु अघि सातै जना प्रतिवादीहरुलाई अदालतमा उपस्थित गराइएको थियो।उनीहरूको पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो। पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
रवि लामिछानेलाई गत कार्तिक २ गते काठमाडौं बनस्थली स्थित रास्वपा पार्टी कार्यालयबाट गिरफ्तार गरि कास्की हिरासतमा राखिएको थियो। उनी सहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ। यसअघि उनलाई काठमाडौ,रुपन्देही,चितवन र पर्सामा पनि सहकारी प्रकरणमा नै बयानका लागि लगिएको थियो।