बाबुरामको टिप्पणी : ओली खुला र प्रष्ट, प्रचण्ड कुटिल र छद्म !

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालका दुई कम्युनिस्ट पार्टीका नेताबारे कडा टिप्पणी गरेका छन् ।

सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि बाबुरामले एकजनालाई खुला र प्रष्ट तथा अर्का अध्यक्षलाई कुटिल र छद्म भनेका छन् । एमाले अध्यक्ष ओली प्रष्ट र खुला अनि माओवादी अध्यक्ष प्रचण्ड कुटिल र छद्म ! रहेको बाबुरामको भनाइ छ।

भर्खरै केन्द्रिय समिति बैठक एकै दिन सुरु गरेर संगै अन्त्य गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बारे बाबुरामले आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन्- ‘ओली र प्रचण्डका ‘कम्युनिष्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो – बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’

‘बरू ओली अलि बढी खुला र प्रष्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा!’ उनले भनेका छन् ।

उनले यो पनि लेखेका छन् । बाघ vs ब्वाँसो? नेपाल र रूसको नियति फरक होला?

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय