चीन केन्द्रबिन्दु भएर भुकम्प ! काठमाडौंमा पनि ठुलो धक्का

काठमाडौं । काठमाडौंमा बिहानै भुकम्प गएको छ। बिहान ६:५० मा भुकम्प गएको हो। भुकम्पको केन्द्र बिन्दु चीन भएको र ७ रेक्टर भन्दा माथिको भएको अनुमान गरिएको छ।
भुकम्पको धक्का धेरै बेरसम्म महसुस गरिएको थियो। प्रारम्भिक जानकारी अनुसार नेपालमा ५.३ म्याग्निच्युटको भुकम्प धक्का महसुस गरिएको थियो । यद्यपि क्षतिको विवरण आउन बाकी छ।
भुकम्प गएपछि काठमाडौंमा धेरै मानिस घरबाहिर निस्केका छन् । त्रासले बिहानै बाहिर निस्कनेहरुका कारण पार्क र खाली चौरमा भरिभराउ भएका छन् ।

