माओवादी नेताले फागुन १ भित्र सम्पत्ति सार्वजनिक गर्नुपर्ने

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूको सबै सम्पत्ति सार्वजनिक गर्ने प्रस्ताव गरेका छन् ।

काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले सो प्रस्ताव पेस गरेका हुन् । प्रस्तावमा आगामी फागुन १ गतेसम्म पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने र अन्य नेताहरूको हकमा केन्द्रीय कार्यालयमा बुझाउने उल्लेख छ।

पार्टी रुपान्तरण गर्ने भन्ने तर,पुरानै अवस्था दोहोर्‍याउने क्रम बढेसँगै अब निर्मम भएर समिक्षा र रुपान्तरण गर्न लागिएको माओवादीको भनाइ छ। केन्द्रका नेताहरूबाट नै पहिला शुद्धीकरण आवश्यक रहेकोले पदाधिकारी तहका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गरेर जाने प्रस्ताव अध्यक्ष प्रचण्डले ल्याएको नेताहरूले बताएका छन् । यसमा धेरैले समर्थन गरेका छन् ।

प्रचण्डले प्रस्तावमा केन्द्रिय सदस्य र प्रदेश पदाधिकारीको पनि सम्पत्ति सार्वजनिक गर्ने भनेका छन्। सबै नेताहरूको सम्पत्ति केन्द्रीय कार्यालयमा अडिट गराउने र आवश्यक पर्दा सार्वजनिक गर्ने प्रस्ताव ल्याइएको एक नेताले जानकारी दिए। त्यसका लागि फागुन १ गतेसम्मको डेट लाइन अध्यक्षले दिएका छन् । यति मात्र नभई सबै नेताहरूको आयस्रोत के हो ? कसरी बाँचेका छन् भन्ने विवरण दिने प्रस्ताव पनि प्रचण्डले गरेका छन् ।

तर,केही नेताले भने अध्यक्ष प्रचण्डको प्रस्ताव ठिक भएपनि अझै संश्लेषण हुन जरुरी रहेको बताएका छन् । यद्यपि यसबारे बैठकमा सबैले धारणा राख्न बाकी छ । केही नेताहरू जनयुद्धबाट शहर पसेपछि आकस्मिक रुपमा धनी भएको र काठमाडौंमा घर घडेरी जोडेको बारे माओवादी भित्र चर्चा हुँदै आएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय