भिम रावलले माओवादी मारेरै सक्नुपर्छ भन्नुहुन्थ्यो- अधिकारी

काठमाडौं । नेकपा एमालेले कारबाही गरेर निकालेका पुर्व उपाध्यक्ष भीम रावल माथि एमाले नेताहरूले नै थप गम्भीर आरोप लगाउन थालेका छन् । रावलले दुई दिन अघि पत्रकार सम्मेलन गरेर एमाले नेतृत्वमाथि धावा बोलेका थिए।

पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल,उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव प्रदिप ज्ञवालीपछि गण्डकीका पूर्वमुख्यमन्त्री समेत रहेका नेता खगराज अधिकारीले पनि रावलमाथि गम्भीर आरोप लगाएका छन् ।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने अधिकारीले पार्टीका पुर्व उपाध्यक्ष भीम रावल माओवादीलाई हत्या गरेर सक्नुपर्छ भन्ने मान्छे भएको आरोप लगाए। एमालेमा रहँदा भीम रावल माओवादीलाई हत्या गरेर सक्नुपर्छ भन्ने मान्छे भएको खगराजको दाबी छ ।

पुर्व रक्षा र गृह सहित उपप्रधानमन्त्री भैसकेका भिम रावल बारे अधिकारीले भने,‘भीम रावल माओवादीलाई दमन गरेर सक्नुपर्छ, माओवादीलाई हत्या गरेर सक्नुपर्छ भन्ने मान्छे हो उहाँ । केपी ओली हत्या होईन वैचारिक युद्ध गर्नुपर्छ । वैचारिक रुपान्तरण गर्नुपर्छ भन्ने मान्छे हो । पार्टीभित्र म यो कुराको अलिक पूरानै जानकारी राख्ने मान्छे हुँ ।’

नेता अधिकारीले अझै अगाडि भनेका छन्, ‘भीम रावल तुलसी गिरीको पारिवारिक नाताको मान्छे भएको हुनाले के-के गरे भन्ने कुरा विस्तारै पोल खुल्दै जानेछ।’

एमालेले राजासँग वार्ता गरेर ०४६ सालको आन्दोलनपछि बनेको सरकारमा सल्लाहकार भएर मान्छे मार्ने काम उनै भीम रावलले गरेको पनि अधिकारीको आरोप छ । उनले भने, ‘०४८ सालको चुनावपछि जागिर खान कम्बोडिया गएको हामी हो र ? उहाँ चाहीँ लैनौ पाडोजस्तो हुर्किएको, सुखसयलमा हुर्किएको हो । उहाँको कुराबारे हामी जानकार नै छौं । उहाँजस्तो दक्षिणपन्थी, कम्युनिष्टविरोधी हो भन्ने कुरा उहाँ आँफैले देखाउनुभयो ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...