काठमाडौंको होटलमा मृत भेटिएकि युवतीसँगै बसेका युवा ओखलढुंगामा मृत भेटिए

काठमाडौं । जापान जाने तयारीमा रहेकी काठमाडौं कागेश्वरीकि २१ बर्षिय युवती होटलमा मृत भेटिएको ३ दिनपछि उनीसँगै होटलमा बसेको अनुमान गरिएका युवा पनि आज मृत भेटिएका छन् ।

अङ्ग्रेजी नयाँ बर्षको राति काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा बास बसेकी युवती बुधबार मृत भेटिएकी थिइन् । सोही घटनामा संलग्न भनिएका जापानबाट आएर केही दिनमै जापान फर्कन लागेका युवा फरार थिए। प्रहरीले अनुसन्धान गर्दा लोकेसन पत्ता लागिसकेको भनेका ओखलढुंगाका ती युवक पनि ओखलढुंगा मै झुन्डिएको अवस्थामा शनिबार मृत फेला परेका हुन् ।

उनिहरु प्रेमी प्रेमिका भएको र होटलको ३०८ नम्बरको कोठा युवकको नाममा बुक गरेको पाइएको थियो। त्यसको भोलिपल्ट बिहान बाहिरबाट कोठा लक गरिएको अवस्थामा कोठा भित्र हेर्दा  २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।

सोही घटनाको अनुसन्धान गर्दै जादा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो ।तर, उनले युवतीको हत्या गरेको प्रमाण भने भेटिएको थिएन। कोठामा रेडबुलको बट्टा मात्रै भेटिएको र चोटपटक पनि नलागेको अवस्थामा सुस्मिताको शव भेटिएको थियो। फरार भनिएका युवाले  सुस्मिताको मोबाइल भने संगै लगेको प्रहरीले शंका गरेको थियो।

प्रहरीले खोजी गरिरहेको बेला शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको अवस्थामा देवबहादुर मृत भेटिएको ओखलढुंगा प्रहरीले पुष्टि गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय