सुदूरपश्चिममा रोकिएन भूकम्पको सिलसिला

१६ पुस, काठमाडौं । सुदूरपश्चिममा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । मंगलबार विहान पनि बैतडी केन्द्र भएर भूकम्प गएको छ ।

विहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

पछिल्लो सातादेखि सुदूरपश्चिमका विभिन्न स्थान केन्द्र भएर ससाना भूकम्प गइरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय