खेल त कूटनीतिक मित्रता हाेइन र ?

मनोज कुमार कर्ण

गत २०८१ पाैष ६ गते शनिबार त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरकाे क्रिकेट रंगशालामा जनकपुर बाेल्ट्सले सुदूरपश्चिमकाे टीममाथि जीत हासिल गरेर पहिलाेपल्ट नेपालले विश्व र भारतजस्तै (आईपिएल) खेलेर खेल कूटनीतिमार्फत् सबै देशवासीलाई मित्रता र साैहार्द्रता प्रदान गरि विश्वमा नेपालपनि खेल जगत मार्फत् नवउदीयमान व्यवसायिक देश हाे भन्ने परिचय दिन तम्तयार थियाे ।

त्यहीबेला भाे त्यहाँ मानवजगत्लाई नै शर्मसार पार्ने गरी सुदूरपश्चिमकाे नामलाई बदनाम गराउँदै केही उच्छृंखल, असामाजिक तत्वले मधेशका खेलाडी र दर्शकमाथि हार स्वीकार गर्न नसकेर कूटपिट तथा दुर्व्यवहार गरे ।

नेपालमा पछिल्लाे याे घट्नाले नेपालमा एक्काईशाैं शताब्दीले परिकल्पणा गरेकाे सभ्य मानव समाजमा नेपाल अझै अटाउनलाई तयारी नगरेकाे अयाेग्य हाे भन्ने पुष्टि गरेकाे छ । यस लेखकाे आशय नेपालमा मधेशी, शहरीया वस्तीभन्दा पर रहेका दुर्गमका आर्थिक गरीबी भएका पहाडीसमेतमाथि शहरीया केही ठाटबाटवालाले हेर्ने खराब दृष्टिकाेणमाथि परिवर्तन ल्याई वैश्विक नागरिककाे रूपमा नेपालले पनि आफ्ना नागरिकलाई तयार पाराेस् भन्ने हाे ।

यस्तैले सीके जन्माए

हिजाेका पुल्चाेक, ईञ्जिनियरिङ क्याम्पसका विद्यार्थी रहेका तथा आज जनमत पार्टीका अधयक्ष रही मधेश प्रदेशमा मुख्यमन्त्रीसमेत एकैचाेटीकाे राजनीतिक चुनावी प्रयासमा दिन सफल डा. चन्द्रकान्त राउत (सीके राउत)ले पहिलाेपटक जेलमा बस्दा यस स्तम्भकारसँगकाे भेटमा आफूमाथि भएकाे दुर्व्यवहार “आपबीति”बारे सुनाउँदै “म मधेशीकाे पहिचान स्थापित गराउन जे सुकै पनि गर्ने चाहे देश सगाेल रहाेस् वा टुक्राेस् …” बताएका थिए ।

याे इतिहासकाे कुरा हाे, आजकाे डा. राउतकाे जीवनमा निकै उतार-चढाव भई उनी यस विभाजनकारी विचारबाट निकै पर गइसकेका हुन् । उनले २०५७ सालतिरकाे काठमाडाैंमा भएकाे भारतीय अभिनेता ऋतिक राेशन काण्डमा नश्लीय, विभेदी गालीग्लाैज र हातपात केवल आफू मधेशी भएकाले काठमाडाैंमा भाेगेकाेले साेही दिन “नेपाल टुक्राउनेछु भनी कसम खाएकाे” बताएका थिए ।

याे स्तम्भकारले उनलाई सम्झाएका थिए कि आफू स्वयंले पनि केही पहडीया गुण्डा असामाजिक तत्वद्वारा दुर्व्यवहार भाेगेकाे हाे, दिनहुँ काम गर्ने ठाउँमा विभेद सहि राख्या हाे तर एकजना पनि पहाडी/गैह्रमधेशी राम्रा व्यवहार गरूञ्जेल हामीले सबैलाई एउटै परिभाषामा राख्न मिल्दैन । राज्य सञ्चालकहरू भने चिप्लेकै हुन् देशमा सद्भाव बनाईराख्न, हामीले आफ्नाे पहिचान स्थापित गराउनैपर्छ, भेदभाव हट्नैपर्छ तर देश टुक्राउने शर्तमा हैन ।

हामीले लाेकतान्त्रिक विधि, पहिचानसमेतकाे समाज स्थापनामार्फत् बढ्नुपर्छ र तपाईंकाे अमेरीका जस्ताे लाेकतान्त्रिक देशकाे वातावरणमा बसाई लामाे रहेकाेले लाेकतान्त्रिक ठूलाे दल नेपाली काँग्रेससँग आबद्ध रहेर अगाडि बढ्दा राम्राे । बरू, उपसभापति विमलेन्द्र निधिजि हुनुहुन्छ, उहाँमार्फत् सभापति शेरबहादुर देउवामार्फत् कुरा राख्ने वातावरण मिलाउन म सहयाेग गर्छु, तपाईंका सबै जायज माग पूरा काँग्रेस जस्ताे दलले गर्नुपर्छ तर देश टुक्राउने कुरा हुँदैन !

आजकाे दिनसम्म उनमा राजनैतिक उतारचढावले देश टुक्राउने कुरा शायद छैन र उनले आफैंले २०७८ काे चुनावपछि माननीय निधिजिसँग भेटघाटपनि गरे, शेरबहादुर देउवाले कसैले केही लेख्दैमा कार्वाही गर्नुहुँदैन भनेर पुष्पकमल दाहाल “प्रचण्ड” माओवादी प्रधानमन्त्रीलाई सम्झाएकाे-राेकेकाे भनेर प्रशंसासमेत गर्न भ्याईसकेका हुन् । तर सवाल त जीवितै छ कि नेपालका केही नालायक कपूतहरूले कतिञ्जेल मधेशी, दलित, आर्थिक विपन्न पहाडी आदिलाई मनमा घाउ दिएर नयाँ सीके राउतहरू जन्माउँदै जाने ? कुनै कानून हाेला नि यस्तालाई सेक्नलाई ?

एकडारावाला- देउवा चूप, गगन वाचाल

काठमाडाैं महानगरपालिका तथा देशकै राजधानी शहरका मेयर बन्नु चानचुने कुराे हाेईन । त्यसमा पनि मधेश प्रदेशकाे महाेत्तरी जिल्लाकाे एकडारा गाउँपालिकाकाे वासिन्दा बालेन्द्र साह (परिवर्तित शाह थर)ले मेयरमा जित्नु ऐतिहासिक, आश्चर्यजनक र नेपालमा भइरहेकाे खासगरी उपत्यकातिर परिवर्तित साेचकाे प्रमाण हाे । तर सवाल उठ्छ कि के बालेन्द्र शाह आम मधेशी हाे वा, फरक ? वास्तवमा मेयर शाह एक दक्ष ईञ्जिनियर, पर्फर्मर, राजावादी राजनीतिबाट अगाडि बढ्ने साेचसहित पाेख्त नेता, मधेशी भएर गैह्रमधेशीसँग विवाहित छन् । सायद यिनै विविध कारणले यी विशिष्ट मधेशीले काठमाडाैंकाे मेयरमा चुनावपनि जिते नत्र सम्भव छैन ।

हाे, मधेशीका प्रतिस्पर्धी आम गैह्रमधेशी अर्थात्, पहाडी र नेवारकाे भाषामा मेयर बालेन्द्र शाह विशिष्ट मधेशी रहेकै “बाध्यता”ले उनी मधेश प्रदेशका जनकपुर बाेल्टसका खेलाडी तथा समर्थकमाथि एनपिएल समापनकाे दिन सांघातिक आक्रमण हुँदा केही बाेल्न सकेनन् । किनकि उनी मधेशीकाे सम्मान, संघीयता, समावेशिता केहीकाे लागि भनेर जितेर आएकै छैनन् तसर्थ, म उनलाई दाेष दिन्न ! २०७९ काे निर्वाचनमा पनि शाहले सामान्य भाेट खसाले तर समानुपातिक वा, प्रदेशतर्फकाे भाेट नखसालेर ब्यालेट हावामा उडाउँदै देखाउँदै निर्वाचन आचारसंहिताकाे विपरित निस्केका थिए ।

उता मधेशी खेलाडीमाथि सुदूरपश्चिमका केही अभद्र युवाद्वारा दुर्व्यवहार हुँदा मधेशी आयाेगले भर्त्सना गर्दै सरकारसँग कारवाहीकाे माग पनि गरे । तर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, सरकारमा सामेल सत्तारूढ दल भएरपनि अर्काे सत्तारूढ दल नेकपा एमालेसँगै मुखमा दही जमाएर बसे । जनकपुर बाेल्टस्लाई देउवाले बधाई भने फेसबूकमार्फत् दिए तर आफ्नै प्रदेशका उच्छृंखल तत्त्वहरूकाे कुकृत्यलाई भर्त्सना, संलग्नमाथि कार्वाही गर्न काँग्रेस र सुदूरपश्चिमकै गृहमन्त्री रमेश लेखकलाई माग गरेनन् । यसले देउवाकाे मधेशविराेधी भावना पहिल्यैदेखि रहेकाेलाई पुन: एकपटक सतहमा ल्याईदिएकाे छ । पाँच पटक देशकाे कार्यकारी प्रमुख रहिसकेका देउवाले मधेशीकाे अपमानप्रति शब्द खर्चन चाहेनन् । तर नेपाली काँग्रेस भने चूप रहेन । महामन्त्री गगन थापाले भने मधेशी आयाेगकै भाषालाई बल पुर्याए ।

जब नेपाली काँग्रेस एउटा सत्तारूढ दलका सभापति देउवाकाे याे हालत मधेशीप्रति विगतदेखि थियाे र छ भने झन् नेकपा एमालेले किन बाेलाेस् ? ज्ञातव्य छ कि मधेशबाट २०७९ सालकाे चुनावमा धेरै सांसद सिट एमालेले जितेकाे हाे । पहिला काँग्रेसकाे लागि मधेश भाेट ब्यांक थियाे भने अब एमालेकाे लागि पनि भएकाे छ । मधेशीले बिर्सन सक्दैनन् जब मधेश आन्दाेलन २०६३/०६४ सालमा वा संविधान बनिरहँदा २०७२ सालमा भइरहँदा नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेशीलाई अपमान गर्दै आन्दाेलनमा मरिरहेका मधेशी जनतालाई “मधेशमा आँप धेरै फल्छन्, २-४ वटा झर्दैमा फरक पर्दैन !” वा, मधेशीले मानव-साङ्गलाे गर्दा “माखे-साङ्गलाे” जस्ता अपशब्दहरू प्रयाेग गरेका थिए । त्यस्तै उनका नेता शंकर पाेखरेलले संविधान घाेषणा भएकाे दिन असाेज ३ गतेलाई केही मधेशीले कालाे दिवस् मनाउँदा पाेखरेल संयमित हुनुपर्नेमा “मधेशीहरू काला हुने भएकाले कालाे दिवस् मनाउँछन् !” बाेलेका थिए ।

जे हाेस्, संघीय तथा प्रादेशिक संसदहरूमा रहेका तथा नरहेका मधेशवादी दलहरूले भने यसपालि मधेशी खेलाडीमाथि नश्लीय दुर्व्यवहार हुँदा भने खासै बाेलेकाे सुनिएन । उनिहरूमा रीस उठेकाे छ कि मधेशी मुद्दा स्थापित गराउने पूरै जिम्मा/ठेक्का आफूहरूले मात्र नेपालमा लिंदा मधेशी जनताले काँग्रेस, एमालेहरूलाई किन भाेट हाल्छन् भनेर ! तर उनीहरूलाई याे सुझबुझ छैन कि मधेश आन्दाेलनमा केवल मधेशवादी दलबाट नै मधेशीले भाग लिंदैनन्, शहादत दिंदैनन्, अन्य दलमा रहेका मधेशीले पनि जान्छन् आन्दाेलनमा भनेर । दाेस्राे कम समझदारी मधेशी जनतामा मधेशतिर के देखिन्छ भने कि मधेशमा बस्ने मात्र मधेशी हुन्, उनीहरूमात्र राज्यसत्ताबाट पीडित छन् र अन्य मधेशी जाे जागिर, व्यवसायकाे सिलसिलामा काठमाडाैं/पाेखरातिर बस्छन्, उनीहरू या त मधेशी रहेनन् वा, पीडित छैनन् रे ! र, यस्तै कमजाेरीहरू अर्थात्, मधेशीभित्रै विभाजित मानसिकतालाई समातेर देउवा-ओली व्यक्तिगत प्रवृत्तिहरू राजावादी पञ्चायत जस्तै मधेशीलाई माैका पाउने बित्तिकै हेपिहाल्छन् ।

स्मरण रहाेस्, नेपालले मधेशी एउटै प्रधानमन्त्री पाएकाे छैन तर सुदुरपश्चिमबाट देउवा, लाेकेन्द्रशहादुर चन्दजस्ता प्रधानमन्त्रीहरू पाईसकेकाे छ । तसर्थ, सुदूरपश्चिमेली वास्तविक पिछडिएका जनताले नेपालमा सद्भाव पाउने असली हकदार हुनसक्छन् तर सुदूरपश्चिमकाे भिक्टिम कार्ड खेल्दै शेरबहादुर देउवाहरूले देशकाे फास्ट-ट्रयाक सुविधाद्वारा अब राजनैतिक लाभ उठाउन मिल्दैन ! हाे, यदि देउवाले मधेशी हितैषी बनेकाे देखाउन देश दुनियाँलाई चाहन्छन् भने दिनरात सँगै हिंड्ने, वीपी काेईरालाले नै जाेडी बनाईदिएका आफ्नै सहकर्मी विमलेन्द्र निधिलाई काँग्रेसकाे आउँदाे १५औं महाधिवेशनमा विना कुनै षड्यन्त्र सभापति बनाएर वा प्रधानमन्त्री बनाएर देखाइदिउन् !

एक्काइसौं शताब्दीमा हामी कहाँ छाैं ?

ट्रम्पले आप्रवासीलाई अमेरीकाकाे भूमीबाट राेजगार खाेसेकाे र प्राकृतिक सम्पदामाथि बाहिरियाले आएर धावा बाेलेकाे र यदि विश्वबाट अमेरीकामा पस्नेहरूले स्वयं पहिला आफ्ना देशमा उत्पीडित, पिछडिएका, त्यहाँ गएका आप्रावासी, गरीब, दाेयम/दाेस्राे दर्जाका नागरिकबाट पिराेलिएका आदिमाथि राम्राे व्यवहार गर्न सक्दैनन् र विश्वलाई नै एक सुन्दर मानवग्राम बन्न सघाउँदैनन् भने अमेरीका खाली गरून् भन्ने अभियान आफ्नाे पहिलाे राष्ट्रपतिय कार्यक्रम सन् २०१६ – सन् २०२० मैं घाेषणा गरि कार्यान्वयनतर्फ पनि लागेका थिए ।

त्यहीबेला अमेरीकामा रहेका आप्रावासीमा एकप्रकारले तहल्का मच्चाएकाे साे अभियानले हाल पुन: ट्रम्पकाे सन् २०२४ मा भएकाे दाेस्राे कार्यकालकाे चुनावी जीतले उनीहरूलाई तर्साएकाे छ । ट्रम्पबाट यस्ताे कार्यकाे गल्ति देख्नेहरूले शारीरिक रंग, जातपात तथा क्षेत्रियता आदिका आधारमा आफ्नै शहरमा पहिला हेप्ने, धार्मिक रूपान्तरण गरि सनातन हिन्दूमाथि गरिने हरेकखाले आक्रमणहरू पहिला स्वयंले राेक्ने जिम्मेदारी लिनैपर्छ । आफ्नाे सम्मान र प्रतिष्ठा अरूबाट सहिसलामत् खाेज्नेहरूले पहिला स्वयंले सबैखाले विभेदबाट माथि उठेर मन, वचन र कर्मले सबै मानवलाई सम्मान र प्रतिष्ठा सहिसालमत् राखेकाे छु है भनेर व्यावहारीक आचरणद्वारा सावित गर्नैपर्छ ।

यदि नेपाललाई साँच्चिकै एउटा सहिष्णु भएकाे देश बनाउने हाे भने लगातार, बेलाबखत चाडपर्व, साझा संस्कृति झल्कने कार्यक्रमहरू, खेलकूद जस्ता संयाेजक राष्ट्र स्वयंले गर्नुपर्छ । हाम्रा शैक्षिक पाठ्यक्रम समावेशी, समूहगत शिक्षणले हुने जस्ता विद्यालयदेखि क्याम्पससम्मका उहि ट्रायकमा जाने हुनुपर्छ । बेलाबखत उन्मादमा, पराजय स्वीकार गर्न नसकी यस लेखमा उल्लेखित सामाजिक सद्भाव बिगार्ने जस्ताे घट्ना घटाएमा राजनैतिक दलहरूले त्वरीत (Instant) रूपमा घट्नाकाे संज्ञानलिंदै एक्यबद्ध भई सरकारलाई संलग्न जाे जहाँकाे भएपनि सम्बन्धित निकाय (जस्तै मधेशी आयाेगले विज्ञप्ति नै जारी गरि कार्वाहीकाे मागपनि गर्याे) काे ध्यानाकर्षणमा कार्वाही गरि राज्यकाे कानून केवल विद्यार्थीलाई पढ्न छपाईएकाे नभई कार्यान्वयन हुन जागृतपनि छ काे प्रमाण राज्य सञ्चालकहरूले दिनैपर्छ ।

ईतिहास साक्षी छ कि विगतदेखि आजसम्म नेपालकाे मधेशले गैह्रमधेशीलाई चुनाव जिताउँदै आएकाे छ, राजश्व उठाएर दिएकाे छ, अन्न उब्जाएर दिएकाे छ । तर मधेशले गैह्रमधेशी राज्यसञ्चालक र आम गैह्रमधेशी जनताबाट के पाउँदै आएका छन् : देशमा मनैले एक दर्जाकाे नागरिक सम्मान, उठाएकाे राजश्वकाे जति बजेट वितरण, एकजना राजावादी बालेन्द्र शाह, कथित् स्वतन्त्र, बाहेक गैह्रमधेशीसँग विवाह नगरेका कतिजना मधेशीले पहाड वा काठमाडाैंबाट जितेका ?

यदि एक्काइसौं शताब्दीकाे सुन्दर, माता सीता र गाैत्तमबुद्ध जस्ताका जन्मभूमीकाे असली परिभाषामा नेपाललाई फर्काउने हाे भने सरकार, दल, राज्य र सबै यहाँका जनताले माथिका प्रश्नहरूबारे पटकपटक साेचेर तदनुरूप सकारात्मक परिवर्तन आफूमा ल्याउनैपर्छ । मनभित्र वा घरभित्रैपनि “दुष्ट आत्मा” कतै छ भने धपाउनैपर्छ ।

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसममा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय