आफैंले ‘टिकटक’मा जस्तो मृत्यु चाहे त्यस्तै भएपछि…

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटनामा परी बाजुराका स्वास्थ्यकर्मीको मृत्यु भएको छ । उनको यो दु:खद मृत्युमा एउटा अपत्यारिलो तर सत्य संयोग मिलेको छ।

धनगढीस्थित ६ लेन सडकमा विपरीत दिशाबाट आएको मोटरसाइकलमा ठोक्किएर बाजुराको बडीमालिका नगरपालिका-७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको हो ।

खत्री बाजुराको मार्तडी स्वास्थ्य चौकी चुथीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक शिखर नगरपालिका-११ कि २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन् । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका स्वास्थ्यकर्मीहरु धनगढीमा ९ गतेदेखि तालिममा सहभागी थिए । स्वास्थ्यकर्मी खत्रीको मृत्युपछि उनले दुई दिनअघि दुर्घटना भएकै सडकमा भिडियो खिचेर टिकटक पोष्ट गरेका थिए । उक्त टिकटक भिडियो यतिबेला भाइरल भएको छ ।

उक्त टिकटक भिडियोमा उनले ‘एक दिन मेरो ठूलो एक्सिडेन्ट होस् । म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुगाउने जिम्मा तिमीलाई दिइयोस् । अनि तिमीसँग डाक्टरले भनोस् की आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिनँ । तब तिमीलाई मेरो मायाको आभास हुनेछ,’ खत्रीले पोस्ट गरेको भिडियोको पृष्ठभूमिमा भनिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय