भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
काठमाडौं, ११ पुस । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ ।

सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।

कांग्रेसका वरिष्ठ नेता समेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनी लामो समयदेखि अस्वस्थ थिए ।
उनी सन् २००४ को आमनिर्वाचनपछि भारतको प्रधानमन्त्री नियुक्त भएका थिए भने त्यसपछि दोस्रो कार्यकालका लागि २००९ मा प्रधानमन्त्री बनेर २०१४ सम्म पदमा रहे।
उनले भारतको आर्थिक उदारीकरणमा मुख्य भूमिका खेलेका थिए ।