एमालेबाट हटाइएका भिम रावलले नयाँ पार्टी खोल्दै

काठमाडौं, ११ पुस । भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन् ।

नेकपा एमालेको सदस्यबाट हटाइएको भोलिपल्ट रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका हुन् ।

उनले केही दिनमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएका छन् ।

पत्रकार सम्मे‍लनमा एमाले अध्यक्ष ओलीबारे धारणा राख्ने उनको तयारी छ ।

यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल समूहले एमाले छाडेर नयाँ पार्टी खोलेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय