डीपी अर्याल रास्वपाको कार्यवाहक सभापति

काठमाडौं, ८ पुस । डीपी अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।
रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय गरेको हो ।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र आएपछि डीपीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
सभापति लामिछानेविरूद्ध करिब २८ करोड बिगो दाबीसहित मुद्दा दायर गरिएको छ भने उनको सांसद पद पनि जाने भएको हो ।

