‘पूर्णबहादुरको सारङ्गी’ले ३८ वटा हलमा ५१ दिन मनायो

काठमाडौं । यस वर्षको सर्वाधिक चर्चामा रहेको र व्यवसायमा पनि कीर्तिमान रच्न सफल फिल्म चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ।

कार्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म आज शुक्रबारबाट ५१ दिनमा प्रवेश गरेको हो । फिल्मले देशभर गरेर ३८ हलमा प्रदर्शनको ५१ औं दिन प्रवेश गरेको छ।

चलचित्र वितरक करण श्रेष्ठका अनुसार यति धेरै हलमा फिल्मले प्रदर्शनको ५१ औं दिन पार गरेको यो पहिलो हो। चलचित्रमा गन्दर्भ जातिको पेशा र संघर्ष देखाइएको छ ।

यो चलचित्रले स्वदेश र बिदेशमा गरी ७५ करोड भन्दा बढीको ब्यापार गरेको छ। यद्यपि प्रदर्शनको ४७ औं दिनसम्म देशव्यापी ४९ करोडको ग्रस कलेक्सन र बिदेशमा २३ करोड कमाएको भनिएको छ।बाकी कमाई आज शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको वितरकको भनाइ छ ।

सरोज पौडेल निर्देशित यो चलचित्रमा विजय बराल, मुकुन भुषाल,बुद्धि तामाङ,अञ्जना बराइली, प्रकाश सपुत,देशभक्त खनाल, माओत्से गुरुङ, बिनोद पौडेल र बालकलाकार स्वयं केसीको मुख्य भूमिका रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय