सहकारी प्रकरण राम्रोसँग छानबिन गर्दा एमाले पार्टी नै सिद्दिन्छ : किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पुर्व मन्त्री सुदन किरातीले सहकारी ठगी प्रकरण राम्रोसँग छानविन गर्दा एमाले पार्टी नै सिद्धिने बताएका छन् ।

पुर्वमन्त्री किरातीले सहकारी ठगी प्रकरण छानविन सुरु भएपछि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालिएको समेत बताए । काठमाडौंमा एक टेलिभिजन संवादमा उनले सहकारी ठगी प्रकरणमा सबैभन्दा धेरै एमाले नेताहरुको संलग्नता रहेको आरोप समेत लगाए ।

उनले सहकारी ठगी प्रकरण राम्रोसँग छानविन गर्दा एमाले पार्टी नै सकिने कुरा पटकपटक दोहोर्‍याए । ‘आजको सरकारको नेतृत्व गरेको पार्टी सहकारी राम्रोसँग छानविन गर्ने हो भने पार्टी नै सिद्धिन्छ । सरकारको नेतृत्व गरेको पार्टी मुख्यरुपले सिद्धिन्छ’ उनले भने।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डमाथि विभिन्न प्रकारका आरोप लगाएको तर्फलक्षित गर्दै उनले छानविन गरेर कारबाही गर्न चुनौति पनि दिए । उनले सहकारी प्रकरण र आजसम्म भएका प्रधानमन्त्री, मन्त्री र तिनीहरुको आसेपासेको सम्पत्ति छानविनको लागि चुनौति दिएका हुन् । त्यसमा ब्यक्तिगत रुपमा आफू र आफ्नो दल माओवादी केन्द्र छानविनका लागि तयार रहेको उनको भनाइ थियो।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छानविनको लागि तयार रहेको बताइसकेको पनि उनले सुनाए ।प्रचण्डले त भनेको छ त ! छानविन गर्दै जाँदा प्रचण्ड भन्ने नाम भेटियो भने त्यसलाई पनि ठोकिदेउ भनेको होईन ? गरे भयो नि त ! नेता किरातीले भने ।

नेता किरातीले माओवादी अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अहिलेसम्म मन्त्री बनेका र तिनीहरुको आसेपासेको सम्पत्ति छानविन गर्नसमेत माग गरे ।‘छानविन गरौं न त ? सरकारको प्रमुख भएपछि त छानविन गर्नुपर्यो, आयोग बनाउनुपर्यो नि त । आफू सरकारको नेतृत्वमा बस्ने, देशको नेतृत्व गर्ने, फलाना भ्रष्टाचारी छ भन्दै हिँड्ने ? छानविन गर्न पर्दैन, जेल ठोक्न पर्दैन ?’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...