एसीसी यू-१९ एसिया कपमा नेपालले आज भारतसँग खेल्दै

काठमाडौं, २ पुस । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११:४५ बजे सुरु हुनेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई हराइसकेको छ । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ ।

भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल एक जितले सुपर फोरमा प्रवेश गरेको हो ।

समूह बी मा रहेको नेपालले भारतलाई हराउन सके समुहविजेता बन्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय